आज :

प्रमाण नष्ट गर्न ऋषेश्वर सामुदायीक वनमा डढेलो ? यसो भन्छन्– अध्यक्ष बस्कोटा

  • अनलाइन डबली

हेटौडा । मकवानपुरको ऋषेश्वर सामुदायीक वनमा डढेलो लागेको छ । बकैया गाउँपालिका– २ स्थित उक्त सामुदायीक वनका पदाधिकारी र काठ तस्करको मिलेमतोमा आगो लगाइएको स्थानीयको आरोप छ ।

केही दिन पहिले अनलाइन डबलीले उक्त सामुदायीक वनमा फडानी गरी काठ ओसारपसारको तयारी भइरहेको समाचार सार्वजनिक गरेको थियो । उक्त समाचार सार्वजनिक भएसँगै समितिका पदाधिकारी र तस्करहरुले फडानीको प्रमाण नष्ट गर्न वनमा आगो लगाएको एक स्थानीयले अनलाइन डबलीसँग भने ।

“वनमा आगो लगाइएको छ । समितिका पदाधिकारी र तस्करकै योजनामा आगो लगाइएको देखिन्छ । ढालेको हरियो रुख, काठको ठुटो तथा जरा जलाएर प्रमाण नष्ट गर्न आगो लगाएको देखिन्छ” एक स्थानीयले भने । उनले हरियो रुख ढालेको अहिले जलेर सुकोजस्तो देखिएको बताए ।

यही विषयमा हामीले सामुदायीक वन समितिका अध्यक्ष नरबहादुर बास्कोटासँग सम्पर्क गरेका थियौँ । उनले वनमा आगो लागेको तर आफूहरुले लगाएको भन्ने आरोप निराधार भएको बताए ।

“यो आरोप निराधार हो, डढेलो देशभरीको समस्या हो । हाम्रो वनमा बाहिर जिल्लाको सीमाबाट आएको आगोले बन जलेको हो । हामीलाई बचाउन चाहेर पनि सकेनौं” बास्कोटाले भने ।

बास्कोटाले दुईतिरको आगो बाहिर जिल्लाबाट आगो आएको तर त्यो भन्दा दुई स्थानमा भित्रैबाट आगो लागेको बताउँदै आफूहरुलाई पनि कसले लगायो भन्ने शंका लागेको बताए । “आगो बाहिरबाट आएको हो । तर, दुई स्थानमा लगाएको आगोले गोलाई (काटेको काठ) जलेको छ । हामीलाई यसमा शंका लागेको छ । हाम्रो विरोध गरेर हिड्ने समूहले आगो लगाएको हुन पनि सक्छ” बास्कोटाले भने । उनले आफूलाई काटेको काठ जोगाउन समेत गारो भएको समेत बताए ।

यसअघि स्थानीयले उक्त सामुदायीक वनका पदाधिकारीहरुले अख्तियारीको दुरुपयोग गर्दै वन अबैध वन फडानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ ।

समितिका पदाधिकारी र वनका कर्मचारीसँग सेटिङ गरेर वन फडानी र अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमा २०६६ सालदेखि हालसम्म वनका कर्मचारीसँगको मिलेमतोमा समितिका पदाधिकारीहरुले आफ्नो स्वार्थ पूरा गर्न अवैधरुपमा वन फडानी गरिरहेको उल्लेख छ ।

उजुरीमा मानबहादुर मोक्तान (२०६६ सालको उपभोक्ता वन समिति अध्यक्ष, आइतमान जिम्बा (२०७७/०७८ सालका अध्यक्ष), नरबहादुर बास्कोटा (हालका अध्यक्ष), दुर्गाबहादुर स्याङ्तान (सचिव), कुन्साङ मोक्तान (श्रीमति समिति सदस्य) र तोकबहादुर स्याङ्तान (ठेकेदार) र जनप्रतिनिधि (वडा सदस्य) गणेश लामामाथि छानविन गरी कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal