आज :

मन्त्रीदेखि विचौलिया–मिटरब्याजीलाई जनकारवाही गर्ने एकीकृत माओवादीले घोषणा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत माओवादी) ले मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरुलाई जनकारवाही गर्ने घोषणा गरेको छ । शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर एकीकृत माओवादीले मन्त्रीहरुसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक, कृतिम अभाव सिर्जना गर्ने विचौलिया, भ्रष्टाचारीलाई जनकारवाहीस्वरुप कालोमोसा दल्ने घोषणा गरेको हो ।

एकीकृत माओवादीका अध्यक्ष माणिक लामाले आफ्नो पार्टीले महंगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए । उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरु आफूहरुले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा एमसीसी सरकारले जबरजस्त संसदबाट पास गरेर राजपत्रमा प्रकाशित गरेको बताउँदै राष्ट्रहितमा नभएको भन्दै लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, आपनो पार्टीसहितको चौतर्फी विरोधका कारण सरकार एसपीपीबाट सरकार पछि हटेको बताउँदै विरोध मत्थर भएपछि पुनः लागु गर्न सक्ने भन्दै खबरदारी राखी राख्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । उसले जनतालाई खबरदारीमा उत्रिन अपील समेत गरेको छ ।

कार्यक्रममा प्रवक्ता जन्जिर शाहीले सरकारले संसदीय समितिले पेट्रोलियम पदार्थको ५० प्रतिशत कर फिर्ता लिन दिएको निर्देशन पूरा नगरेको बताए । पेट्रोलियम पदार्थको मूल्यसँगै हरेक सेवा र बस्तुको मूल्य घटबढ हुने भन्दै उनले अझै थप कर फिर्ता लिएर जनतालाई राहत दिनुपर्ने बताए ।

त्यसैगरी माओवादीले नेपाली नागरिकको गोपनियता, राष्ट्रिय स्वाधिनता, नेपाली आर्ट मजदूरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, बढ्दै गएको भ्रष्टाचार, यौन हिंसाका घटना, मिटर ब्याजीविरुद्ध कडा कदम चाल्न समेत सरकारसँग माग गरेको बताउँदै प्रवक्ता शाहीले बेवास्ता गरे बाध्य भएर जनकारवाही गर्ने चेतावनी समेत दिए ।

पहिलो चरणमा, ध्यानाकर्षणपत्र बुझाउने, वाइलिङ, पोष्टरिङ, भित्तेलेख, पर्चा, पोष्टर लगायतका प्रचारात्मक गतिविधिहरु गर्ने, दोस्रो चरणमा, धर्ना, मशाल जुलुस, एक घण्टे चक्का जाम, कोणसभा तथा विरोधसभा र तेस्रो चरणमा मन्त्रीहरु र नेपाल आयल निगमका प्रमुख, कृतिम अभाव खडा गर्ने विचौलिया तथा कालोबजारीया, बलात्कारी र भ्रष्टाचारी, मिटर ब्याजीमाथि जनकारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

साे अबसरमा पार्टीकाे मुखपत्र राताेयात्रा डटकम अनलाइानकाे शभारम्भ गरिएकाे थियाे । पार्टी अध्यक्ष लामाले नयाँ अनलाइनले देश र जनताका आवाजलाइ बुलल्द गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal