आज :

नक्कली भुटानी शरणार्थी प्रकरणः एमाले नेता रायमाझी थुनामै राख्न सर्वोच्चको आदेश, काँग्रेस नेता  शेर्पा ३० लाख धरौटीमा छुट्दै 

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनिहरु जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनकै आदेश सदर गरेसँगै धरौटीमा छुट्ने रायमाझीको सपना पूरा भएन ।

सर्वोच्चले रायमाझीसँगै तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा थुनामै रहने भएका छन् ।

सर्वोच्चले उक्त प्रकरणमा थुनामै रहेका पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरी १० लाख र तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई साधारण तारेखमा छाड्न सर्वोच्चले आदेश दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal