आज :

परराष्ट्रमन्त्री खड्का र एनआरएनएका अध्यक्ष कुँवरबीच भेटवार्ता

  • अनलाइन डबली

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरबीच भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा कुँवरले एनआरएनएमा देखिएका समस्या र समाधानको उपायबारे जानकारी गराएका थिए ।

भेटको क्रममा अध्यक्ष कुँवरले केही पात्रहरु एनआरएनएको सिद्धान्त र मूल्य मान्यताको विरुद्ध गएको र आफूहरु त्यसविरुद्ध उभिएको बताउँदै आफू नेतृत्वको टीमले आधिकारिकता पाउनु पर्नेमा दाबी गरे । मन्त्रालयले यसबारे नबोल्दा विश्वभर छरिएर रहेका गैर आवसीय नेपालीहरु अन्यौलमा परेको कुँवरले बताए । उनले यस्तो समस्या आउँदा लगानी गर्न पनि गारो मानेको भन्दै छिटै समस्या समाधानको पहल गर्न मन्त्रीलाई आग्रह समेत गरे ।

जवाफमा मन्त्री खड्काले दुबै टीमका साथीहरु मिलेर जानुपर्नेमा जोड दिँदै मन्त्रालयले सबैलाई एउटै व्यवहार गरेको जानकारी समेत दिए । मन्त्री खड्काले दुबै टिमले छलफल गरेर सामुहिक धारणा बनाएर आए मन्त्रालयलाई सजिलो हुने बताए ।

एनआरएनएको लागनीको सुरक्षा सरकारले लिने र त्यसको लागि आवश्यक वातावरण वनाउन सरकार तयार रहेको बताउँदै मन्त्री खड्काले लगानी भित्र्याउन आग्रह समेत गरेको भेटपछि अध्यक्ष कुँवरले जानकारी दिए ।

यसअघि आजै अध्यक्ष कुँवरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए । भेटमा उनले बजेट, एनआरएनएमा देखिएको समस्या र काठमाडौँ, भरतपुर महानगरको फोहोर व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal