थानकोट गोदामबाट करिब १८ कि.मि. १९५० फिट माथि चन्द्रागिरि पर्वत पार गरेपछि पुगिने गर्दछ चितलाङ उपत्यका नौ वटा गाविस रहेको छ। ५०वर्ष आगाडी त्रिभुवन राजमार्ग बन्नुअघि काठमाडौ उपत्यकाबाट तराई झर्ने छोटो बाटो मध्य एक हो। काठमाडौ भीमफेदी आवतजावत गर्दा बीच बाटोमा अशोककालीन चैत्य नेपालभाषामा चैत्य भएको बाटो भन्दाभन्दै चैत्यलाडबाट चितलाङ भएको हो । थानकोट गोदामबाट कस्सिएर हिड्न सक्नेलाई २ घण्टा र बिस्तारै हिड्नेलाई ३ घण्टा लाग्ने उपत्यका पुग्न सकिन्छ ।
नेपाल भाषीबीच छोटकरीमा चिलं पनि भनिने चितलाङको वडा नं . १ मा तामाङ , वडा २ मा क्षेत्री , ब्राम्हण र वडा नं . ३ को मुख्य बजारमा बलामी नेवारको बस्ती छ, भने वडा नं ४,५,६,७ मा बलामी , श्रेष्ठ, खड्गी , गमाल , कुस्ने , पोडे , दमाई , गोपालीलगायतका जातजाति बसोबास रहेका छन् । त्यसैगरी वडा न . ८, ९ मा गमाल क्षेत्री ब्राम्हणको बसोबास चितलाङमा मात्र पाइने गमाल नेवार र गोपाली यहाँका आदिवासी हुन् ।
पाटनका राजाका वंशजलाइ मल्लकालमा झुक्याएर जाँड , रक्सी र राँगाको मासु खुवाई देश छाडेर चितलाङ पसेका अंशुवर्मा र भृकुटीका वंशज बलामी जातिको सांस्कृतिक नेतृत्व अझै कायम छ ।
नेपालमा सर्वप्रथम यसै बाटो बात मानिसको काँधमा बोकेर सवारीसाधनसमेत भित्रियाइको हो । तराईबाट डाली घोडा चौपाया ल्याउँदा त्यहाँ बास बस्ने परम्परा थियो ।
चिलचो चैत्य र हात्तीसार :
चितलाङ नाम मूलरूपमा चिलंचो चैत्यका कारण रहनगएको हो । जुन बडा नं . ३ हात्तीमार बलामी वस्तीमा अवस्थित छ, जहाँ पाटनवाट चितलाङ पुगेका कोछेमी , थछेँमि र हिछेँमि थरका तीन खलक बलामी बस्दछन् । थछेँमीकालाइ काजी भनी राजकाजसम्बन्धी कार्य गर्ने , कोछेँमीलाई नाचगान र बाजा बजाउने गुरुकारुपमा र हिछेँमीलाई न्यायाधीसको जिम्मा दिइएको पाइन्छ ।
चिलंचो चैत्यलाई परिक्रमा गरी मनाइने यहाँका जात्रा पर्वमा कार्तिक नाथ , बाथप्याखँ ,मङ्सिर पुर्णिमका दिन महालक्ष्मी खतजात्रा र वैशाख बुद्ध जयन्ती रहेका छन। अशोककालीन चैत्य नेर रहेको तर हाल राष्ट्रिय संग्राहलयमा अवस्थित शिलापत्रमा नेपाल भाषामा लेखिएकाले नेपाल ( नेवाल ) जातिलाई नमस्कार भनी लिच्विकालमा नै नेपालमण्डलवासी प्रति भक्ति दर्शाएको कथन पाइन्छ।
चितलाङ भैरव :
चितलाङवासीका लागि सर्वाधिकार पूज्य तान्त्रिक देवता चितलाङ भैरव स्थान हो । प्राकृतिक सादा ढुंगामा पूजिने भैरवलाई मसान भैरव पनि भनिन्छ। जहाँ प्रत्येक वर्ष दशै पूर्णिमा गाइजात्रा र कार्तिक पूर्णिमालगायतका पर्वमा विशेष मेला लाग्दछ । चितलाङवासीको लास जलाउने मसान समेत रहेको चितलाङ भैरव तान्त्रिक परम्पराअनुसार रांगा , हाँस , कुखुरा , बलि दिएर पूजा गर्ने परम्परा छ।
नेपाल मण्डल सम्पदा बात –