आज :

विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकार सहित तीन जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् ।

वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।

उनले भने, ‘यस विस्फोटमा मौलाना मेङ्गल र अन्य दुई यात्रुको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

मेङ्गल जमियत उलेमा–ए–इस्लामको प्रान्तीय अधिकारी पनि थिए। उनी स्थानीय पत्रिका ‘वतन’का लागि पनि लेख लेख्थे । यो आक्रमण विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भएको हो । एक प्रहरी अधिकारीले मेङ्गललाई उनको मिडिया कामको कारणले वा जमियत उलेमा–ए–इस्लामको एक अधिकारीको रूपमा काम गरेको कारणले निशाना बनाइएको बारे अनुसन्धान भइरहेको बताए ।

बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्तीले आक्रमणको कडा निन्दा गर्दै प्रहरी महानिरीक्षकलाई दोषीलाई पक्राउ गर्न निर्देशन दिएका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal