आज :

भरतपुरबासीका लागि मेयर रेनु दाहालले लागु गरिन यस्तो सुबिधा, सबै दंग, अरुले पनि सिक्नुपर्ने

  • अनलाइन डबली

चितवन । भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालले मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।

भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर महानगरपालिको नीति तथा प्रतिवद्धता अनुसार सेवाको सुभारम्भ गरिएको जानकारी दिइन ।

महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उहाँको भनाई छ । भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्न चाहिने सुचकहरु क्रमशः पुरा गर्ने क्रममा अनलाईन प्रणालीको सुरुवात गरिएको उल्लेख गरिन ।

अनलाईन प्रणालीले भरतपुरको सुशासनलाई बाटोमा हिड्न प्रेरित गर्ने उनकोे भनाई छ । स्मार्ट सिटी निर्माण हुन जनप्रतिनिधि, कर्मचारी तथा आम जनता स्मार्ट हुन आवश्यक पर्ने दाहाललले बताइन ।

कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चित्रसे अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक कार्यको भएको बताए । स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो अनलाईन भुक्तानी प्रणाली भएको उनको भनाई थियो । उपप्रमुख अधिकारीले यसको कार्यान्वनका लागि सबै पक्षले उतिकै चासो दिनुपर्नेमा जोड दिए ।

आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । अहिले इ–सेवा, खल्ती, कनेक्ट आई.पि.एसमार्फत भुक्तानी गर्न सकिने छ ।

भरतपुर महानगरपालिकालाई सुशासन र डिजटलमैत्री बनाउने घोषणापत्रमा उल्लेख गरे अनुसार पहिलो कार्यको थालनी गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले जानकारी दिए ।

यो प्रणालीले महानगरको सम्पूर्ण तथ्याङकहरु सजिलोसँग दिन सकिने सुवेदीले जानकारी दिनुभयो । यसले महानगरका हुने ढिलासुस्ती र भिडभाड हटेर जाने बताए ।

यसको कार्यान्वनका लागि २९ वटा वडाको टोल सुधार समितिमार्फत कार्यविधि निर्माण गरी भिडियोसहितको तालीम प्रदान गरिने सुवेदीले जानकारी दिए । अनलाईन प्रणालीबाट भरतपुरका ६ जना ग्राहकले भुक्तानी पनि गरिसकेका छन् ।

महानगरपालिकाले सम्पति कर, व्यवसाय कर, मालपोत भूमि कर, ईलेक्ट्रिक सवारी साधान कर, घर जग्गा बहाल कर तिर्न मिल्ने व्यवस्था गरेको छ । अबको दुई वर्षभित्र सम्पूर्ण भुक्तानी प्रणालीलाई अनलाई गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal