
काठमाडौँ । सत्ता गठबन्धनले भरतपुर महानगर नेकपा (माओवादी केन्द्र)लाई दिन सहमतिसँगै चुनावी चहलपहल सुरु भएको छ । माओवादी नेता कार्यकर्ताहरु सक्रिय भएका छन् । माओवादीले वर्तमान मेयर रेणु दाहाललाई पुनः दोहोर्याउने सैद्धान्तिक निर्णय गरिसकेको छ ।
सबै महानगर भन्दा भरतपुरमा उत्कृष्ठ भएको र रेणुले अगाडि सारेका केही योजना बाँकी नै रहेको बताउँदै माओवादीले रेणुलाई नै दोहोर्याउने नेताहरु बताउँछन् ।
गठबन्धनले सहमति गरेलगत्तै रेणु दाहालले चुनावी गीत पनि सार्वजनिक गरेकी छन् । मंगलबार महानगर र उपमहानगरको सहमति टुंग्याएसँगै गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सन्ताेष देउजाले परिकल्पना र निर्माण गरेकाे भिडियाेमा रेणु आउनुअघि हिल्लामे सडक अहिले चिल्ला भएका, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा समेटिएको छ । त्यसैगरी भूमिहीनहरुलाई रेणुले जग्गाधनी पूर्जा वितरण गरेका, विकास निर्माणलाई अनुगमन गरेको दृश्यलाई पनि भिडियोमा उतारिएको छ । त्यस्तै, गीतमा नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानका ड्रोनबाट लिएका दृश्य पनि समेटिएका छन् ।
सन्तोष देउजाको शब्दलाई प्रदिप त्रिपाठीको संगीत भरेका छन् भने विष्णु खत्री र टिका पुनको स्वरमा गीत तयार भएको हो । त्यस्तै, भिडियोमा विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय गरेको छन् भने गीतको शब्द सन्तोष देउजाकै हो ।
त्यसैगरी पत्रकार रवि अधिकारीले निर्देशन गरेको भिडियोको छायाँकन गरेका हुन् भने नृत्य निर्देशन रविन शाहले गरेका छन् ।
भिडियाे