आज :

एनएमबी बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युत आयोजनाको लगानी गर्न शर्त-समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंक लि., हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा मोदी जलविद्युत कम्पनी लि. बीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त-समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंक लि.को अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनी लि. को मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत रु. ९ अर्ब ८ करोड रहने जानकारी गराईएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । उक्त पत्रिकाद्वारा एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal