काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बृहत लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । भरखर सकिएको मतगणना अनुसार अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत मात्रै पाएका छन् ।
त्यसैगरी अन्जिता खनालले ३६ सय ८२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमाले निकट कानुन व्यवासायी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।
बारका नयाँ पदाधिकारी सम्पूर्ण पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे सत्ता गठबन्धन दलहरु निकट कानुन व्यवसायीहरुका साँझा उम्मेदवार हुन् भने अधिकारी प्रमुख प्रतिपक्ष नेकपा एमाले र विप्लव नेतृत्वका नेकपा निकट कानुन व्यवसायीका साँझा उम्मेदवार ।
स्थानीय चुनावको पूर्वसध्यामा सम्पन्न बारको चुनावमा एमालेलाई झट्का लागेको छ ।
२६औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा घिमिरे नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको प्यानलले क्लिनस्विप गरेको छ।