आज :

एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

काठमाडौँ । एनएमबि बैंकका ग्राहक र कर्मचारीहरुले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंकले उपचारको लागि उक्त सेन्टरमा आउने ग्राहक र कर्मचारीको सहजताको लागि द्विपक्षीय समझदारी गरेको छ ।

सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक मानिन्छ । उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत पाउनेछन् ।

सम्झौताअनुसार उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउनेछ ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरिन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal