
काठमाडौं । आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्न सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठक २०७९ सालको बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । सरकारले जेठमा चुनाव गर्ने छलफल गरेको थियो । आयोगले पनि सरकारलाई जेठ ४ गते निर्वाचन मिति सिफारिस गर्यो ।
२०७४ मा भएको चुनाव तीन चरणमा भएको थियो । अन्तिम चरणको चुनाव असोजमा भएकोले त्यसपछि मात्रै अवधि पुग्ने सत्तारुढ दलहरुले दाबी गरेका थिए । तर आयोगले २०७९ सालको जेठ ५ गते चुनावको अवधि पूरा हुने बताएपछि सरकार चुनावको मिति तय गर्न जुटेको थियो ।
संविधानमा अवधि सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नु पर्ने भनिएको छ । तर स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने व्यवस्था भएकोले बताउँदै सत्तारुढ दलकै नेताहरुले कात्तिक वा मंसिर चुनाव गर्नुपर्ने बताउँदै आएका थिए ।
प्रखुम प्रतिपक्ष नेकपा एमालेलगायतका पार्टीहरुले चुनावको मिति तोक्न दवाव दिँदै आएका थिए ।