
काठमाडौं । महाधिवेशनमा उपाध्यक्ष बनाएपछि लालबाबु पण्डितले नेकपा एमालेबाट बिदा लिएका छन् । केन्द्रीय समितिको सूचीमा नाम समेटिएपछि पण्डित असन्तुष्ट बनेका थिए । उनले पदाधिकारीको अपेक्षा गरेका थिए ।
एमालेमा लामो समयदेखि पूर्व नेता माधव कुमार नेपालको खेमा रहेका पाण्डित पार्टी विभाजनसँग साथ छोडेका थिए । एमाले विभाजनको पक्षमा आफू नरहेको भन्दै ओलीतिर लागेका थिए । नेपालको साथ छोडेर ओलीतिर लाग्दा पाएको आवश्वासन पूरा नभएपछि पण्डितले एमालेको कार्यकारी पदमा नबस्ने घोषणा गरेको बताइएको छ ।
अरु नेता चुनावी मैदानमा रहेको बेला पण्डितले सामाजिक संजालमार्फत आफू एमालेको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् । उनको घोषणाले एमालेभित्र बहसको विषय बनेको छ ।
यसैबीच पण्डितको घोषणा आएलगत्तै नेकपा एकीकृत समाजवादीका एक नेताले फोन गरेको स्रोतले बताएको छ । उनी काठमाडौँ आएपछि दुबै नेताले भेट गर्ने सहमति भएको छ ।
अहिले एकीकृत समाजवादीतिर लागेका ती नेता र पण्डितबीच एमालेमा हुँदा सहकार्य हुँदै आएको थियो । पण्डितले एमालेमा नरहने घोषणासँगै एसले आफूतिर तान्ने प्रयास सुरु गरिसकेको छ । पण्डित एमालेको मधेसीमा राम्रो पहुँच राख्ने नेतामध्येका एक हुन् ।