
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते अर्थात भोलि पार्टी पुनर्गठन दिवसको मनाउने तयारी गरिरहेको छ । नेकपाले भोलि पार्टीको आठौं पुनर्गठन दिवस मनाउँदैछ ।
काठमाडौंमा गरिने भनिएको विशाल जनसभा स्थगित गरेको नेकपाले सबै जिल्लाहरुले आआफ्नो अनुकुलतामा विविध कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।
नेकपाले जनसभादेखि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिरहेको छ । महासचिव विप्लवले भोलि म्याग्दीको बेनीमा मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दैछन् भने अन्य नेताहरुले विभिन्न जिल्लामा हुने जनसभामालाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।
यसैबीच नेकपाको काठमाडौं महानगर समितिले काठमाडौंका विभिन्न स्थानहरुमा वाल पेन्टिङ गर्नुको साथै व्यानर टाँगेको छ । महानगर इन्चार्ज अविरलका अनुसार आज पुनर्गठन दिवस भव्य रुपमा मनाऔं देखिएको व्यानरसहति बेलुन उठाएको छ ।