
काठमाडौँ । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा आज बिहान ५.७ म्याग्निच्युडको भूकम्प भएको पाकिस्तानी संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
प्रान्तीय राजधानी क्वेटादेखि १०० किलोमिटर पूर्व पर्ने हानी जिल्लालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्प जमिनको सतहदेखि २० किलोमिटर तलदेखि भूकम्पको धक्का महसुस गरिएको छ
प्रान्तीय मन्त्री जिया लोंगोभका अनुसार करिब १ सय जनाको ज्यान गएको छ भने थपको ज्यान गएको हुन सक्छ । उनका अनुसार भूकम्पपछि गएको पहिरोले सडक अवरुद्ध हुँदा उद्दार कार्यमा कठिनाइ भएको छ ।
बलुचिस्तान पाकिस्तानको ठूलो तर कम जनसंख्या बसोबास गर्ने प्रान्त हो ।
- फाइल फोटो