News Portal

  • ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै, पहिलो विराटनगर वारियर्स र चितवन टाइगर्सबीच हुने

    डबली संवाददाता२०७८ असोज १० गते
    ७४ पटक

    काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर वारियर्स र चितवन टाइगर्सबीच हुने भएको छ । पहिलो खेल अहिले विहान ९ बजे हुँदैछ ।

    आजै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

    विराटनगरका कप्तान करण केसी र चितवनका सोमपाल कामी रहेका छन् भने भैरहवामा शरद भेषवाकर र पोखरामा विनोद भण्डारी कप्तान रहेका छन् ।

    ईपीएलमा हिजो भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ ।

    प्रतिकृया दिनुहोस्