आज :

असोज २२ गतेपछि १ नम्बर प्रदेश सरकार ढल्दै, मुख्यमन्त्री आचार्य माधव नेपालसँग नजिकिँदै

काठमाडौँ । नेकपा (एमाले) को विभाजनसँगै मुख्यमन्त्री भएका भीम आचार्य नेतृत्वको सरकार ढल्ने भएको छ । मुख्यमन्त्री आचार्यलाई विपक्षी गठनबन्धनले विश्वासको मत लिन अल्टिमेटम दिएसँगै एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने भएको हो ।

विपक्षी गठबन्धनले असोज ८ सम्म आचार्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन् । विश्वासको मत नपाउने भएकोले मुख्यमन्त्री आचार्य त्यतातिर नलाग्ने भएकैले देखेपछि विपक्षी गठबन्धनले अल्टिमेटम दिएको छ । आचार्यले विश्वासको मत लिन नलाग्ने निष्कर्षमा पुगेका गठबन्धन नेताहरु अविश्वासको प्रस्तावको तयारीमा लागेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार यही असोज २२ गते बोलाइएको प्रदेशसभा बैठक बस्नुअघि नै विपक्षी गठबन्धनले अविश्वासको मत दर्ता गर्ने एक नेताले बताए । प्रदेशसभा बैठकले उक्त अविश्वास प्रस्तालाई अगाडि बढाउने र गठबन्धनको नेतृतवमा सरकार गठन हुने भएको छ । माधव कुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले दलको मान्यता पाएसँगै आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दल छन् ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नेतृत्व गरेको राजनीतिक दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ ।

निर्वाचन आयोगले नेकपा एमाले विभाजन भएको औपचारिक पत्र भदौ ९ गते प्रदान गरेको थियो । तर, प्रदेशमा ढिला भएकोले भदौ ९ गतेबाट गणना नगर्ने एमालेको अडान छ ।

कुल ९२ सदस्यीय प्रवेशसभामा एमालेका ४१ सांसद छन् । तर, बहुमत पुग्नलाई ४७ सांसद आवश्यक हुन्छ । विपक्षी गठबन्धनमा रहेको नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद छन् ।

यसैबीच आफू नेतृत्वको सरकार ढल्ने पक्का भएपछि मुख्यमन्त्री आचार्यले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट्ने वातावरण बनाइरहेका छन् । आचार्यले आफू निकट नेताहरुलाई एकीकृत समाजवादीका नेताहरुसँग वार्ता गर्न खटाएको बताइएको छ ।

लामो समयदेखि माधव कुमार नेपाल समूहमा रहेका र पार्टी विभाजनको अन्तिम समयसम्म पनि सँगै रहेका आचार्य मुख्यमन्त्री पाउने भएपछि एमालेमै रहेका थिए ।आचार्यले नेपालको साथ छोडेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरधन राईलाई राजिनामा गर्न लगाएर रातारात मुख्यमन्त्री बनाएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल आचार्य एकीकृत समाजवादीमा आएभने मुख्यमन्त्रीमा विश्वासको मत दिन सकारात्मक भएका थिए । दल विभाजनको सनाखत हुँदै गर्दा आचार्यले एकीकृत नेपालसँग भेट्ने प्रयास गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal