आज :

नेपालमा एकैदिन २ सय ८८ जनामा कोरोना संक्रमण, लकडाउनको तयारी, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या बढेका छन् । केही समय पहिले दैनिक संक्रमित संख्या ५० जनामा झरेका थिए भने शुक्रबारसम्म आइपुग्दा संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकैदिन२ सय ८८ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमका अनुसार देशभर गरिएको ४ हजार ७१ पिसिआर परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३ सय ८८ पुगेको छ। त्यस्तै थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७ सय ३५ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाबाट ज्यान नगएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन्।

मन्त्रालयका अनुसार अहिले २६ सय १५ जना आइसोलेसन र ८४ जना क्वारेन्टिनमा छन्। त्यस्तै हालम्म २३ लाख ६ हजार २४४ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ।

कोरोना संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढीको भिडभाड रोक्नुपर्ने सरकारलाई प्रस्ताव गरेको छ । शैक्षिक संस्थाहरुलाई अनलाइन कक्षा संचालन गर्न र पार्टी प्यालेस, फिल्म हल बन्द गर्न समेत मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal