आज :

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिको लागि त्रिभुवन आर्मी र एपीएफबीच खेल

काठमाडौं । प्रधानमन्त्री कप दिवसीय पुरुष क्रिकेटको उपाधिको लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो भने आर्मीले पहिलो ब्याटिङ गर्यो ।

फाइनलमा स्थान बनाएका दुवै विभागीय टोलीको खेलको प्रारम्भिक ब्याट्सम्यान सुशन भारी र अनिल मण्डल एपीएफका बलरको सामना गरेका थिए भने एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरिरहेका छन् ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । एपीएफ समूह विजेता तथा आर्मी उपविजेता बनेको थियो । अहिलेसम्मको खेल प्रदर्शनका आधारमा आर्मीभन्दा एपीएफ बलियो टोली मानिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal