आज :

जिप दुर्घटना हुँदा जनाको मृत्यु, ११ जना घाइते

दोलखा । शैलुङ गाउँपालिका वडा नं. ८ झोरमन गाँउबाट रामेछापको दोरम्बाको दहपताल जाँदै गरेको बोलेरो जिप दोरम्बाको डढुवामा दुर्घटना भएको छ ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । मृत्यु हुनेमा झोरमनगाउँका भीमबहादु श्रेष्ठको अन्दाजि ११ वर्षिय छोरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठको छोरी अन्दाजी ७ वर्षिय सुवानी श्रेष्ठ रहेको घटनाका प्रत्यक्षदर्शी स्थानीय दिपेश श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा चालक मनोज पाण्डेसहित ११ जना घाईते भएका र उनीहरूको काठमाण्डौंमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा झोरमनगाउँका करिब २४ वर्षिय लालमाया श्रेष्ठ, २३ वर्षिय मानकुमार श्रेष्ठ, ८ वर्षिय यूनिया श्रेष्ठ, ५० वर्षिय केन्द्रबहादुर श्रेष्ठ, १३ वर्षिय बिनबहादुर श्रेष्ठ, २६ वर्षिय लक्ष्मी श्रेष्ठ, १० वर्षिय इच्छा श्रेष्ठ, ६ वर्षिय सुक्रिया श्रेष्ठ, ८ वर्षिय सुमिर श्रेष्ठ र विमला श्रेष्ठ रहेका छन् ।

डढुवामा नेवार समुदायको क्षवर कार्यक्रमको लागि हिडेका नातेदारहरू चढेको बा १३ च ७०९५ नं.को बलेरो सोमबार साँझ कच्चीबाटोबाट डढुवाको खोचमा ३ सय मीटर तल खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal