आज :

बरण्डाबाट हामफालेर भाग्ने क्रममा सैनिक जवानको मृत्यु

काठमाडौं । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका-३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जना सैनिकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका-५ का २८ वर्षिय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि २ जना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ : ३० बजे बरण्डाबाट हामफालेका थिए ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुरव्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal