आज :

आलम आतंक, सुरक्षा नोटिस जारी

काठमाडौं । मोहम्मद अफताव आलमले गरेको अपराधमा फैसला सुनाउने न्यायाधीश र सरकारी वकिलले रौतहट छाडेका छन् ।

वि.सं. २०६४ चैत २८ गते भएको संविधानसभा चुनावको पूर्वसन्ध्यामा बम बनाउन लगाएका मानिसहरु घाइते भएपछि अपराध खुल्ने डरले आफ्नै इटाभट्टामा झन्डै २ दर्जन मानिसलाई जिउँदै जलाएका उनलाई जिल्ला अदालत रौतहटले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।

उनी थुनामा गएपछि निजका पिछलग्गु, भाडाका अपराधी र समर्थकहरुबाट सुरक्षा थ्रेट भएपछि न्यायाधीश दीपक ढकाल तथा सरकारी वकिल फणिन्द्रराज कटवालले शुक्रबार नै रौतहट छाडेका छन् । न्यायाधीश ढकालले तत्कालै आफ्नो सरुवा गरिदिन न्यायपरिषदलाई आग्रह गरेका छन् भने जिल्ला छाडेको जानकारी सर्वोच्च अदालतलाई समेत गराएका छन् ।

आलम अपराध काण्डका जाहेरीवाला र साक्षीको सुरक्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ । उनीहरुलाई सुरक्षित रूपमा अदालत ल्याउने, बसोवाससम्म सुरक्षित रूपमा पुर्याउने, संरक्षणगृह वा कुनै संस्थामा बसोवास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत बासस्थानको सुरक्षा मिलाउने तथा उनीहरूका सुरक्षामा खलल पुर्याएमा कानुनी कारबाही गर्नसमेत अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal