
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेले भर्जिन र चैते माओवादीबीचको विभेद् छुट्याउँदै उनीहरुको आचरण, जीवनशैलीका बारेमा प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिचार प्रस्तुत गर्दै नेता न्यौपानेले चैते र भर्जिन माओवादीको बिश्लेष्ण गरेका हुन् । उनले लेखेको चैते र भर्जिन माओवादीको विश्लेषण जस्ताको तस्तै …
चैते माओवादी, माओवादी ठूलो भएपछि मौका खोज्दै छिरेकाहरु । भर्जिन माओवादी, शुरुदेखि आर्दश पछ्याएर लागेकाहरु तर यसभित्र पनि चैतेहरु जन्मने प्रक्रिया बाक्लिदो छ । आज यि दुबैथरी सत्ताधारी नेकपाका सदस्यहरु । चैते माओवादी बनेर सम्पत्ति थोपरेका कमरेड र कम्यनिस्ट पार्टीको सदस्य भएपछि आदर्श मर्न दिनुहुँदैन भनेर लागिरहने कमरेड छिमेकी बनेका छन् । तर फरक के छ भने चैते कमरेड भव्य ३ तले आफ्नै घरमा बस्छन् भने आदर्श कमरेड चैतेको छिमेकीको घरको छिडींको डेरामा । कमरेडहरुको समाज पनि फरक छ । घरपतिको समाज डेरावालसँग हुने कुरै भएन, उनी घरवाला समाजमा । डेरावालको त न डेरावालसँग न घरपतिहरूको समाजसँग !
चैते कमरेड गर्मीमा एसी लगाएर कोठामा र जाडोमा कौसीको झोलुङ्गे कुर्सीमा बसेर घाम ताप्छ तर आर्दश कमरेड जाडोको घाम मेरा लागि होइन भनेर मनलाई दृढ त बनाउँछ तर पुस माघमा लुगा सुकाउने ठाउँ नपाउँदा उसको दृढ मन डग्मगाउन खोन्छ । चैते कमरेड वागमति अञ्चलको २१ लटको सुविधासम्पन्न गाडी चढृछ र पार्टी मिटिङ पुग्छ । खादा र माला घाँटीभरि लगाएर वर्गीय मुक्ति र कम्यनिस्ट आदर्शको भाषण ठोक्छ । हाम्रो संविधान, प्रशासन र समाजले पनि यही चैते जस्ता पात्र र प्रवृत्तिलाई सलाम ठोक्छ । आदर्श कमरेड शरिरभरि वमका छर्रा बोकेर सार्वजनिक यातायातबाटै पार्टी मिटिङ र कामहरु भ्याउँछ तर उसलाई न संविधानले चिन्छ न त प्रशासन र समाजले नै ।
कम्युनिस्टहरुका विचार अनुसार कैे चित्र र चरित्र हुनुपर्छ भन्ने कम्युनिस्ट आदर्शको व्याख्या गर्छ र आफ्नो जीवन व्यवहारमा उतार्छ । चैते कमरेडको गलाको सुनको साङ्लो र सबै औंलामा बेरिएका सुनका अगुठी देखेर पैसा फल्ने बोट पनि हुन्छ कि क्या हो भनेर आफ्नै मनलाई व्याङ्य गर्छ एकातिर भने अर्कोतिर वर्गीय आन्दोलनभित्र कसरी सीमित मान्छेहरुको वर्ग उत्थान हुँदोरहेछ भनेर चैते कमरेडको चित्र देखेर गम्भीर हुन्छ ।
निष्कर्ष निकाल्छ कि अकूत सम्पत्तिवाल कमरेड पनि १००० वर्ष बाँच्ने होइन ? कम्युनिस्ट आन्दोलनमा इमान्दार पुस्ता जन्माउन सकियो भने यस्ता पात्रलाई पूँजीपति वर्गको सेवामा जन्मेका कथित कम्यनिस्ट भनेर पुस्तौपुस्तासम्म प्रचार गर्नेछन् र कम्युनिस्ट आन्दोलनमा लागेर अकूत सम्पत्ति कमाउने कमरेड पटक पटक मर्नेछन् ।
(लेखनाथ न्यौपानेको फेसबुक वालबाट )