
काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समितिले जनआन्दोलन को घोषणा गरेको छ । काठमाण्डाैमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गर्नुभएको हो । उहाँले आफ्नो नेतृत्वमा हुने अबको आन्दोलन अनिश्चितकालीन ‘जनआन्दोलन’ हुने र यसमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताउनुभयो । राजावादी समूहले अहिलेको व्यवस्थाले देशलाई निकास नदिने दाबीसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
आन्दोलन घोषणा कार्यक्रममा कमल थापा, राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी रहेका थिए ।
संयाेजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूकाे आन्दोलन नराेकिने र आन्दोलन शान्तिपूर्ण हुने पनि बताउनुभयाे ।