
काठमाडौँ । विपक्षी दलहरु आफ्ना मागबाट पछि नहटेपछि प्रतिनिधिसभा बैठक सुचना टाँस गरी आइतबारसम्मको लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणबारे छलफल गर्न सत्तापक्ष र प्रतिपक्ष दलबीच बैठक बसेको थियो । दुबै पक्षले आआफ्ना अडान नछोडेपछि दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको संसद सचिवालयले जानकारी दिएको छ ।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो भने जेठ १४, २०, २१ पनि सूचना टाँसेर सारिएको थियो ।