
महाबौद्ध काठमाडौं महानगरपालिका २७ की रत्नतारा ताम्राकारले आफ्नो घरमा मेलाम्चीको धारा जडान गर्न निवेदन दिदा खानेपानी विकास वोर्डले दुईलाख २२ हजार रुपियाँको विल थमाईदिएपछि उनि विखलवण्डमा परेकि छिन् ।
२०४७ सालमानै आफ्नी आमाले आफ्नो मृत्यु अघिनै खानेपानी संस्थानद्धारा वितरित पानी पर्याप्त नआउने आईहालेपनि समय तालिकाअनुसार नआउने भएपछि धारा कटाईदिन निवेदन दिएका थिए । निवेदनपछि मासिक ५० रुपियाँको विल आउनपनि रोकिएकै हो । आफु सानै भएपनि घरमा आवश्यक खानेपानी लिन भोटाहिटी वा अन्य ढुंगेधाराको पानी लिन जान्थ्यौं , भने पानीको पाईप समेत हतिसकेको अवस्थामा मेलाम्चिको पानीको धारा जडान गर्न निवेदन दिदा ४४ वर्षदेखिको पानीको विल जरिवानासमेत तीर्नुपर्ने भनेपछि रत्नतारा आश्चर्यमा परेकी हुन् । यसरी हाम्रा पुर्खाले ढुंगेधारा मार्फत निःशुल्क दिदै आईरहेको खानेपानीमाथि नाकाबण्डी गरी वोर्डले पानी माथि ब्यापार गरिरहेको आरोप अर्का पिडित ईन वहालकी रश्मी तुलाधरको छ । उनि भन्छिन् , खानेपानी विकास वोर्डले पानीमाथिको लुट धन्दा रत्नताराको मात्र नभई विशेषगरी काठमाडौं , ललितपुर भक्तपुर लगायतका भित्री बस्तीमा बसोवास गरिहेका शहरी गरिवहरु माथि भईरहेको छ । यस्तो लुट धन्दामाथि जनप्रतिनिधिहरुको प्रत्येक्ष निगरानीमा अनुगमन हुनुपर्दछ । यसका लागि खानेपानी कुन यरियामा कतिबजे कति घण्टा पानी पठाउने , पानी आउन नसक्ने भए कारण सहित कति दिनमा पानी वितरण हुने हो भन्ने बारे वडाबासीलाई सुचुचित गराउनु पर्दथ्र्यो तर कुनै जानकारी नगराई धाराबाट हावा मात्र आएपनि जरिवाना शुल्क समेत टिराएपछि परम्पारगत शहरी बस्ती बासिन्दाहरु पिडीत हुनुपरिरहेको बताइएको छ ।
विश्वब्यापि शान्ति अभियानका संयोजक तथा पुराना पत्रकार प्रेमनाथ जोशीको संयोजकत्वमा आयोजित एक कार्यक्रममा उत्पिडित उपभोक्ताहरुले कतै ३ दिनमा त कतै ७ दिनमा आधा घण्टादेखि दुई घण्टासम्म असमान पानी वितरण भैरहेकोले समानुपतिक पानी वितरण प्रणाली लागु गर्नु पर्ने , कहिले रातको दुई वजे त कहिले विहानको अफिस जाने समय १० वजे पानी पठाईदिदा उपभोत्ताहरु अलपत्र पर्ने गरेकोले समय तालिका सुनिश्चित गरिनुपर्ने उनको प्रस्ताव थियो । साथै पानीमापनि विजुली बत्ती उपभोत्ता वा ईन्टरनेटमा जस्तै एक वा दुई महिना पानीको विल चुक्ता नगर्नेको पाईपको लाईन नै बन्द गरिदिने ब्यवस्था हुनुपर्नेमा उल्टै पानी खानै नपाएका उपभोक्तासंग तीन पुस्ते जरीवाना टिराउनु खानेपानी संस्थानको ठगि धन्दानै भएको विचार ब्यक्त गरेका थिए । हाल खानेपानी उपभोत्ताहरुबाट उठाईरहेको जथाभावि जरीवाना शुल्क मिनाहा गर्नुपर्ने र खानेपानी वोर्डमा उपभोत्ताको पनि प्रतिनिधित्व गर्न काठमाडौं महानगरपालिकाका पुर्व वडाध्यक्ष तथा कलाकार निलकाजी शाक्यले माग गर्नुभएको थियो ।
काठमाडौं २ लाजिम्पाट ने.क.पा.एमाले वडा कमिटीका अध्यक्ष प्रविण श्रेष्ठ भन्छन् , यस्ता यावत समस्यालाई वडा मार्फतनै ब्यवस्थापन गर्न स्थानियस्तरमा पानी खोल्ने बन्द गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएर कार्यवाही त थालियो तर बक्यौता बारे मन्त्रीस्तरमा कुरा लादापनि खासै सुनुवाई भएन । राजधानीका आदिवासीलाई ढुंगेधारा ,ईनार र कुवा आदिको पानीबाट बञ्चीत गरी वोर्ड मार्फत सञ्चालित धाराको पानीमा घोर ब्यापारीकरण भईरहेकोले खानेपानी विकास वोर्डले लोपोन्मुख ढुंगेधारा , ईनार ,कुवाको संरक्षणमा वर्षको दुई पल्ट सिथी नखः र घेडेजात्रा पाँहाचह्रेमा विशेष संरक्षणको लागि बजेट विनियोजन गर्नुपर्नेमा आफ्नो अडान रहेको वडा कमिटी अध्यक्ष श्रेष्ठ स्पष्ट पार्छन ।
पानी अभावलाई समाधान गर्न के गर्ने ?
उपत्यकाको चारकुनामा चार वटा एक लाख ३० हजार रोपनीको स्मार्ट सिटी र एक लाख रोपनी खेतीयोग्य जमिन अधिग्रहण गरी ८ लेनको ७२ कि.मी. बाहिरी चक्रपथ निर्माणको घोषणा गरे लगतै स्थानियले विरोध थालेका थिए , तर भित्री २८ कि.मी.को चक्रपथ बनाईदिने भन्दै चाईनाले थालेको निर्माण कार्य नै ३५ वर्ष नाघिसकेको छ । म्हालम्हालचा टेप ध्येपुगु भनिएझैं चक्रपथ निर्माको नाउँमा धुँवा ,धुलो , हरियाली नास मात्र होईन कि पानीका मुहानहरुलाई सम्वन्ध विच्छेद गर्ने कामसमेत भएको छ । त्यसमाथि चक्रपथमा मेट्रो रेल लगायतको उदघाटन ,झण्डै मरुभुमिकृत उपत्यका भित्र वाहिरी चक्रपथ र हरियाली विहिन स्मार्ट सिटी बनेमा स्वासप्रस्वासका लागि ग्याँस सिलिण्डर बोकेर हिड्नु पर्नेछ विज्ञहरुले दाता दिएकाछन् ।
सो संरचनाले ३० प्रतिशत खेतीयोग्य जमिन नष्ट हुने चेतावनी नेवाः राजनितिक आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठलगायतका विज्ञहरुले दिनुभएको छ । राजधानीलाई सास्कृतिक पर्यटनको केन्द्र बनाउन संघिय विकेन्द्रित राज्य संरचना आवश्यक रहेको जनस्तरबाटै आवाज बुलण्ड भैरहेकै बेला बिकेन्द्रित संघिय राज्य संरचना नहुनुनै सास्कृतिक काठमाडौं उपत्यका कङक्र्रिटमाडौ बन्दै जानु र पानीको हाहाकार हुदै जानुको प्रमुख कारण भएको तथ्यपनि प्रमाणित भैसकेको अवस्था हो, आज ।
सानो २५० वर्गमाईल क्षेत्रफल भित्रको काठमाडौ उपत्यकामा ५० लाखसम्मको जनसंङख्या पुगिसकेको छ । स्मार्ट सिटी र बाहिरी चक्रपथको निर्माण लगतै त्यसमा २०लाख जनसंख्या थपिए,झनै विकराल बन्दै जानेछ काठमाडौं उपत्यका राजनितिक अगुवा डा. महेशमान चेतावनी दिनुहुन्छ । जसका कारण उपत्यकावासीका लागि पानी मात्र होईन खाद्य, स्वस्थ्य हावाको झनै अभाव हुन थाल्नेछ । अरुको त कुरै छोडौं वर्तमानमा दैनिक २२ हजार करोड लिटर पानीको माग छ उपत्यकामा, तर जाडोमा १० हजार करोड लिटर र गर्मीमा १७ हजार करोड लिटर मात्र पानी उपलव्ध भईरहेको छ खानेपानी वोर्डका अनुसार । मेलम्चीको पानी आएपछिपनि ५४ हजार करोड लिटर मात्र उपलब्ध हुने गरेको छ । जनसंख्या चापसंगै केहि वर्ष भित्रै त्यो उपलब्ध मेलाम्चीको पानीले पनि पर्याप्त नहुने निश्चित छ । त्यस्तै खाद्य सामग्री ,स्वच्छ हावा , खुल्ला सार्वजनिक ठाउँहरुको अभावलाई तत्कालै व्यवस्थापनगर्दै अगाडि बढन नसके पछिका पिंढिलाई एउटा अस्तव्यस्त नरक छोडेर जानुपर्ने बाध्यता रहन्छ , उपत्यकाबासीले ।
त्यसोभए अब के गर्ने त ?
त्यसैले कङिक्रटमाडौं हुनबाट बचाउन कृयाशील अभियन्ता डा. महेशमान श्रेष्ठ भन्नुहुन्छ , पहिलो चरणमै चक्रपथ भन्दा बाहिरका खुल्ला ऐतिहासिकस्थल हरुलाई भौतिक संरचना विहिन प्राकृतिक पर्यटकिय नगरीको रुपमा अगाडि बढाउनु पर्छ भन्ने सुझाव छ जनजनलाई । यसका लागि नेपाल मण्डल पर्यटन नगरीलाई स्थानियको अग्राधिकार कायम हुने गरी वरिपरिका डाँडालाई निम्न लिखित संरचनाअनुसार पानी को स्रोत , वन जंगल , खुल्ला जमिनको वर्गिकरण स्थानियकै अगुवाईमा गरिदै र संरक्षण गर्दै लानु पर्दछ ।
यसका लागि मुहान संरक्षण पहिलो सर्त
स्वयम्भू महाचैत्य (१४१० मी.)ःलाई केन्द्रित काठमाडौं उपत्यकाको पहिलो मानव बस्तीको ब्यवस्थापननै वालाजु नागार्जुन स्थित पुरानो गुह्ेश्वरीसम्म फैलिएको बताईन्छ । प्रत्येक वर्ष ल्हुति पुन्हि वालाजु वाईसधारा नुहाउने मेला लाग्ने परम्पारानै पानीको मुहानै याहा भएकोले हो तर बर्तमानमा नुहाउने मेलाको बेला बैकल्पिक ब्यवस्था गरिनुपर्ने अवस्था आएको छ । यस पर्यटन नगरीलाई नागार्जुन दहचोक ईलाका भनिदा उचित देखिन्छ ।
१ ) जामाचो – ( नागार्जुन ) यङकीदह पर्यटन नगरी
जामाचो पहाड (नागार्जुन ६३३०फिट)ः बोधिसत्व नागार्जुनले बज्रयान
ध्यानलाई प्रबद्र्धन गराएका थिए । आदिकालमा काठमाडौं खाल्टोमा बसोवास हुनुअघि उल्लेखित बस्तीका नदिकिनारमा बसोवास थालिएको बताईन्छ ।
मुड्कुगढी,बालाजु,नागार्जुन,ईचङगु,स्वयम्भु,ईनडाँडा,भिमढुङगा,रामकोट,
वतासेडाँडा,कीटिन भञ्ज्याङ,वलम्बु, दहचोकसम्मलाई आधार मानी यस क्षेत्रका मुहान संरक्षण गर्नुपर्ने आवाजहरु एठेका छन् । तर धाराको पानी आउने आशामा परम्परागत ढुंगेधारा ,कुवा ,ईनारको संरक्षण नहुदा ब्यापारी पानी विकास वोर्डले डलरमा खानेपानी किन्न बाध्य पारिएको पाईन्छ ।
२) शिवपुरी,ककनी शिफुचोःबूढानीलकण्ठ ( ८९६२ फिट)ः
क्रकुच्छन्द बुद्धले स्थानीयलाई बुद्धधर्ममा दीक्षित गराएको स्थान ।
झुलेडाँडा,मणिचुँड,बज्रयोगिनी,गागलफेडी,मुलखर्क,पोखरेली,चिलाउने, तारेभिर,सुन्दरीजल ,शिवपुरी,गोकर्ण,रिमिकोट,बुढानिलकण्ठ, खडग चपली भद्रकाली, गरुजु भञ्ज्याङ, झोर महाकाल, टोखा, कल्लेडाँडा, तारकेश्वर, मनमैजु, जीतपुर, धर्मस्थली,गोलढुंगा,ककनीसम्मलाई लिईन्छ भने शिवपुरीकै पानीले उपत्यकाबासीको प्राण धानिएको थियो । मेलम्ची आउनु अघि तर अहिले यो पानीलाईपनि ब्यापारिकरण गरिसकेको अवस्था हो ।
३) चन्द्रागिरी चम्पदेवी पर्यटन नगरी
चन्द्रागिरि (७९५० फिट)ः माथि बुद्ध स्तूपा र चैत्यलाङ मार्ग (चितलाङ )
रहेको छ । हालै केबुलकार सहित भालेश्वर महादेव स्थपित छ ।
नागढुङगा,छैमले,वाडभञ्ज्याङ, चितलाङ,टिष्टुङ,पालुङ,थानकोट,देउराली,
मच्छेगाउँ,कीर्तिपुर,चोभार,फर्पिङसम्म यस नगरीमा पर्दछ । नेपालको पहिलो विजुली उत्पादनका पावरहाउस बनाउन योगदानी पोखरीको पानी फर्पिङ शेषनारायणबाट पाटनबासीको खानेपानीको प्यास मेटाईरहेकोछ तर खानेपानी वोर्डले स्थानियलाईपनि ब्याजको जरिवाना सहित शुल्क उठाईरहेको छ । तर स्थानियबाट कुनै प्रतिवाद हुन सकेको पाईदैन ।
४) फुल्चोकी लाँकुरी भञ्ज्याङ पर्यटन नगरी
फुल्चोकीः(९०७३ फिट) गोदावरी डाडाँ ः विश्वभूबुद्ध र फुचोमाजु
(मञ्जुश्री) ले ध्यान गरी सिद्ध भएको पिठ मानिन्छ । भटटेडाँडा,बुङगमति, खोकना,देवीचौर,भुसेलडाँडा,दहचोक,नल्लु,लेले,कोडभञ्ज्याङ रानीकोटगढी, पोखरेथुम्का,पञ्चलिङग,ध्यम्पे डाँडा,नैचलडाँडा,पाटी भञ्ज्याङगसम्मको भुभागलाई फुल्चोकी गोदावरी क्षेत्रको रुपमा लिन सकिन्छ । गोदावरीको मुहानबाट उत्पादित पानीलाई जति सदुपयोग गर्नुपर्ने हो त्यति हुन सकिरहेको पाईदैन । तर वोर्डले यस क्षेत्रमापनि पानीको ब्यापार गरिहेको छ ।
५) नगरकोट जरसिंहपौवा पर्यटन नगरी
नगरकोट ५९३३ फिट)ः मञ्जुश्री र उनकी पत्नी सरस्वती ल्हासा प्रस्थान गर्दा बसेकोस्थानका रुपमा लिईन्छ ।
मणिचुड दह (७२०० फिट)ः बोधिसत्व मणिचुड महाराज (भगवान गौतम बुद्धको पूर्वावतार) ले बज्रयोगिनीको आदिभूमि साखुवासीलाई रोगबाट बचाउन आफ्नो शिरको मणिमस्तक काटेर दान गरेका थिए ।
साँगा भञ्ज्याङ,वनेपा,धुलिखेल,पनौती,कलामसीडाँडा,चाँगु नारायण,भटटे डाँडा,नाङलुङ, थाना भञ्ज्याङ,जरसिं पौवा,लप्सीफेदी,नाङलेभारे,चौकी भञ्ज्याङ,कातिके भञ्ज्याङ,चिसापानी,मेलाम्ची । बर्तमानमा मेलाम्ची नगरकोट जरसिंह पौवा भित्र पर्नु अघि भक्तपुरबासीको पानीको मुहान स्थानिय साना साना पानीको मुहाननै हुने गथ्र्यो भने ती पानीका मुहान मध्ये मणिचुड दह साँखुलाईपनि लिन सकिन्छ । तर स्थानियमा पानी अधिकारको बारे थाह नपाईदा आफ्नो भुमिबाट संकलित पानीलाई अन्तरिक्षबाट ल्याएर तिमीहरुलाई खुवाईरहेका छौं भनिएजस्तै गरी सिंतैमा बाढ्नुपर्ने पानीमाथि अकुट शुल्क उठाईरहेको त्यसको विद्रोह हुन्छ हुन्छ , विद्रोह अगाडि पानीको ब्यवस्थापन र ब्यापारिकरण हुनबाट जनतालाई मुक्त गरियोस ।