आज :

पत्रकारमाथि दुर्व्यवहार गरेकोमा तत्काल क्षमा याचना गर्न माग

  • अनलाइन डबली

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ती जनाएको छ ।

बिहिबार प्रेस वक्तव्य जारी गर्दै संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल क्षमा याचना गर्न माग गरेको हो ।

‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथी आक्रमण गर्नु भएका बरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौं,’ प्रेस वक्तव्यमा लेखिएको छ ।

बिहिबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा अधिवक्ता थापाले हानेका थिए ।

सञ्चारकर्मीहरू नागरिकलाई सत्य सूचना प्रवाह गर्न निरन्तर खटिरहेका भन्दै सञ्चारकर्मीको काममा कुनै बाधा अवरोध नगन सरोकारवालालाई ध्यानाकर्षण समेत गराएको छ ।

 

 

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal