आज :

सरकारलाई दबाब दिन ९ वटा सेवा निवृत्त संघले बनाए संयुक्त संघर्ष समिति

  • अनलाइन डबली

काठमाडौं । ९ वटा सेवा निवृत्त संगठनहरुले सरकारलाई दबाब दिन तथा आवश्यक परे आन्दोलन गर्ने भन्दै इश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा संयूक्त संघर्ष समिति गठन गरेका छन् । बिहिबार काठमाडौंमा बसेको सो संयुक्त बैठकले सरकारले आ.ब. २०८२÷०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेकोसमेत आरोप लगाएका छन् ।

बैठले लिएका निर्णयहरु सार्वजनिक गर्दै भनिएको छ,“नेपाल सरकारले बजेट वक्तव्यमा सेवामा वहाल रहेका कर्मचारीलाई भत्ता वृद्धि गरी सेवा निवृत्त कर्मचारीहरुलाई भत्ता वृद्धि नगरिएको सन्दर्भमा सरकारलाई ध्यानआकर्षण गर्न मिति २०८२।०२।२२ मा विभिन्न ९ वटा सेवा निवृत्त संघ संगठनहरु इश्वर वहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गर्न सहमत भएका छौं ।”

संयुक्त संघर्ष समितिले गरेका निर्णय यस प्रकार छन् ।

१) हरेक र्दुइ र्दुइ वर्षमा राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गर्नु पर्ने कानुनी व्यवस्था र उच्च स्तरीय तलव सुविधा निर्धारण समितिको सिफारिसलाई ०८२/०८३ को बजेटले सम्बोधन नगरेकोले सो संवोधन गर्न प्रधानमन्त्री, अर्थ मन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राज्य व्यवस्था समितिका सभापतिलाई ज्ञापनपत्र दिने ।
२) सेवा निवृत्त राष्ट्रसेवकलाई उपेक्षा गर्दै बाहालवालाहरुको लागि मात्र महाँगी भत्ता वृद्धि गरिएको विषय त्रुटिपूर्ण रहेकोले सो सच्याउने ।
३) राज्यका विभिन्न निकायहरुविच सेवा निवृत्त कर्मचारीहरु माथि विभेद हुनेगरी कानून निर्माण गरिएकोले सबैमा एकरुपता हुनु पर्ने ।
४) तत्काल वजेटले सेवा निवृत्त राष्ट्र सेवकको माग संवोधन नगरिएमा आन्दोलनको विकल्प नभएकोले सेवा निवृत्त संघर्ष समिति आवश्यकता अनुसार आन्दोलनमा जुटेका छौं ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal