आज :

भक्तपुर दरवार क्षेत्रको महिमा महोत्सव दिन्छ

  • पदम श्रेष्ठ

किराँत कालमा खोप्रिङं ,नेपालभाषामा ख्वप र राणाकालमा भादगाउँ भनिने ‘भक्तपुर’ काठमाडौंबाट १४ किमी पूर्वमा पर्दछ । तीब्बत बर्मेली भाषामा खो अथवा खु ले खोला र प्रिङको अर्थ खेत हो । खोलाको खेत अर्थात् उत्तर खासाङखुसुङ र दक्षिण तव्याखुसी नदी बीचको नगर भक्तपुर , ६.८८ वर्ग कि.मि.मा फैलिएको छ । ने.सं.२६७ कालीन राजा आनन्ददेवले १२ हजार घरसहित भक्तपुर बसाउँदा ६० गाउँ र ७ नगर थिए रे । जसको राजदरबार हालको,त्रिपुर युथुनियम थियो । देवीको आज्ञानुसार नगरको चारैतिर ब्रम्हायणी,माहेश्वरी,कुमारी,भद्रकाली,वराही,ईन्द्रायणी ,महांकाल,महालक्ष्मी देवगण जगाउन व्यवस्थित द्योछें सहित नगर निर्माण भएको विश्वास गरिन्छ । कहिले खस मल्ल शासकहरुले त कहिले ने.सं.४७० मा मुस्लिमसुल्तान समसुद्दिनले आक्रमणगरी ठाउँ–ठाउँमा ध्वस्त बनाइदिएको भक्तपुरलाई ने.सं.५७९ कालीन राजा यक्ष मल्लले पुनर्उत्थान गरेको उल्लेख छ । जुन नगरलाई पर्यटन प्रवद्र्धनको लक्ष्य सहित यहि मसिंर २८ गते देखि पौष २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव गरि जगाउँदै लाने भएको छ । नेपालको ईतिहासमानै पर्यटक शुल्क उठाएर पुर्खाको सिर्जना कला ,संस्कृतिलाई प्रवद्र्धनगर्दै आईरहेको भक्तपुर नगरपालिकाद्धारा आयोजना हुने ,महोत्सवमा स्थानिय कला संस्कृति , हस्तकलाका उत्पादन ,खानपान ,पहिरन ,नाचगान आदि प्रस्तुत गरिने छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भक्तपुर महोत्सव मार्फत तथ्य जानकारी दिदै लगिने बताईएको छ । भक्तपुर भन्नासाथ चाँगुनारायण , नगरकोट ल्हासापाको देखि सुर्य विनायकसम्मलाई लिईन्छ तर यो महोत्सव भक्तपुर नगरपालिकाभित्र केन्द्रित हुने जनाएको छ ।

जहाँ

१ ) भैरव–भगवती ः

२ ) कृष्ण नारायण शिवशाक्त मन्दिर ः
३) यक्षेश्वर पशुपति महादेव ः

५) संकटकालीन खिचाखो गं र वत्सलादेवीको ऐतिहासिक मन्दिरहरु पाउन सकिन्छ ।

च्यासिं फल्चा र पचपन्न झ्याले दरबार र लुँ ध्वाखा ः
भक्तपुरका महत्वाकांक्षी राजा भूपतिन्द्र मल्लका कीर्तिमध्ये ५५ भ्mयाले दरबार ने.सं.८२७ वैशाखमा निर्माण सम्पन्न गरे । राजा यक्ष मल्लले जग हाली अधुरै छाडेको ५५भ्mयाले दरबारलाई राजा भूपतिन्द्र मल्लले पूरा मात्र गरेनन् । दरबारमा आफ्नै ढुंगे सालिक स्तम्भ राखे । दरबारअगाडि च्यासिफल्चा आठकुने दुईतल्ले पेगोडाशैलीयुक्त पाटी निर्माण गराए । साथै, दरबारभित्रका ९९वटा चोक लाई व्यवस्थित गरे । चोकमा देवी–देवताका मन्दिरसमेत बनाइदिए । तर, हाल दरबारभित्र मुस्किलले १० वटा चोकमात्र बाँकी छन् । भक्तपुर संग्रहालय र ५५ भ्mयाले दरबारबीचको लुँ ध्वाखा
(सुवर्णद्वार) यहाँका कीर्तिमध्येमा ने.सं.८७३मा राजा रणजित मल्लद्धारा निर्मित मानिन्छ । तीनगजुर युक्त ध्वाखामा नेपाली झण्डा,देवी,उड्ने सिंह हात्ती, तोरण कुंदिएका छन् । स्वर्ण लुँध्वाखाबाटभित्र राजा यक्ष मल्लद्वारा निर्मित मूलचोक सुन्धारा, दायाँ भैरवचोक–बायाँ कुमारीचोक ढुंगे आसन नागसहितको छ । ने.सं.४४३मा गयासुद्दिन तुगलकले सिम्रौनगढ आक्रमणगर्दा राजा हरिसिंहदेवले नेपाल ल्याएको तुलजा भक्तपुर दरबारभित्र प्रतिष्ठापित छ । राजा रूद्र मल्लकी बहिनी देवलदेवी सिम्रौनगढका नायरवंशी राजा हरिसिंह देवकी रानी थिइन् । तलेजुलाई ढुंगे चोकमा भुईंतल्ले १३ गजुरयुक्त छ ।
भक्तपुर संग्रहालय र गणेश हनुमान् र फसिदेगः
मल्लकालीन राजदरबारभित्र राणा कालको भक्तपुर संग्रहालयमा ११ देखि २०औं शताब्दीका थांकाचित्र लिपि,काष्ठ धातुकला छन् । ने.सं.८१८मा निर्मित संग्रहालय राजा महेन्द्रबाट प्रवद्र्धित हो । राजा जितामित्र मल्ल–भूपतिन्द्र मल्लको राज्यकालमा निर्मित शिखर भगवती मन्दिरकोसिंढी पिच्छे मानिस,गैंडा–हात्तीका मूर्ति छन् । त्यसैगरी ने.सं.१०५मा जीर्णोद्वार भएको फसिदेगल पाँचतले आधारमा निर्मित सिंढीमा तीनजोडी ढुंगे मूर्ति छन् । फसिदेगलबाट युथुनियम दरबारको भग्नावशेष त्रिपुरासुन्दरी र वलाखु गणेश छ ।

न्यातपोल (पाँचतल्ले) देगल र काशी विश्वनाथ ः
‘दि’दिव्य र ‘गु, गुह्यतन्त्र अनुरूप ने.स.८२२मा भक्तपुरका राजा भूपतिन्द्र मल्लद्धारा स्थापित पाँचतले महालक्ष्मी मन्दिरनै न्यातपोल हो । राजा रणजित मल्लद्धारा ने.सं.८५६मा नियुक्त पुजारी त्रिपुरका जयधर कर्माचार्यका वंशज बाहेक न्यातपोलमा कोहिपनि प्रवेशगर्न पाइदैन । मन्दिरभित्र ६फिट अग्लो बेतालमाथि विराजमान भएकी देवीको भव्यमूर्तिको कृतिहरुमा उल्लेख छ । अष्टभुजाकार १८ हाते, नौ टाउके महालक्ष्मी प्रतिमाको दायाँबायाँ मसान भैरव र महाकाल भैरव छन् । देवीको माथिल्लो टाउको चण्डी भद्रकाली,बीचमा ३ टाउको त्रिवस्त्रा प्रत्यांगिरा र तल्लो ५वटा टाउको सिद्धिलक्ष्मी भएको ‘भक्तपुरको पाँचतले मन्दिर परिचयमा उल्लेख छ । छाना र पेटीपनि पाँचै तह रहेकाले न्यातपोललाई ५कर्मेन्द्रीय र ५ज्ञानेन्द्रीयगरी १० इन्द्रिययुक्त मन्दिर कला भएको विश्वास गरिन्छ । ३३ कोटिदेवी–देवताको प्रतीक३३ वटा सिद्धि ,सगुनको प्रतिकृति १०८वटा फय्गं (हावा घण्टी)टुंडालले सजिएको मन्दिरको ढुंगे सिंढीको दायाँबायाँ सर्वसाधारणभन्दा १०गुणा बलिया मानव सिकुँचा र फिकुँचा र हात्तीभन्दा १०गुणा बलिया ढुंगाकै सिंह र सार्दुल, सार्दुलभन्दा बलियो सिंहिनी र व्याघ्रिनीका मूर्ति छन् । हरेकपक्ष पाँच संयोजनयुक्त न्यातपोल मन्दिरको वरिपरि पाँचवटै छन् ।

काशी विश्वनाथ भैरव ः
काशी,जगन्नाथ,बद्री,केदार ४ धाम ८४ अड्डा तीर्थपछि शिरधाम पशुपति दर्शन नगरे तीर्थ पूरा भएको मानिदैन । त्यसैगरी,जगन्नाथ दर्शन पश्चात् भक्तपुरको विश्वनाथ भैरवको । किंवदन्ती अनुसार– काशी विश्वनाथ लिङो उभ्याउने जात्रा हेर्न भक्तपुरको योसिंख्यो पुग्दा तान्त्रिकले विश्वनाथलाई पासुकाले बाँधिदिए तर फुत्किएर अलप हुन खोज्दा टाउकोनै छेदनगरी नेपालनै राखेभन्ने छ । तर जंगमहरु भन्छन््–मुगलद्वारा काशी नरेशलाई कब्जामा लिई विश्वनाथमा मस्जिद बनाएपछि शिवलिङ नेपाल ल्याई स्थापित गरे । राजा यक्ष मल्लले शैवमत उत्थान गर्न काशी नरेशसँग कुरागरी टौमढीमा जंगम जातिलाई बसोबास गराई बिस्केट जात्रामा भैरव भद्रकालीको जात्रा चलाएको दाबी छ । ने.सं ६९२ मा राजा विश्व मल्लले कुलदेवता वीरभद्र स्थापना गराउनुले भनाइलाई प्रमाणित गर्दछ । ने.सं.७५०मा राजा जगतज्योति मल्लले भुईंतल्ले निर्मित काशी विश्वनाथको मन्दिरलाई ने.सं.८३८मा राजा भूपतिन्द्र मल्लले तीनतल्ले पेगोडाशैली बनाए । ने.सं.७२६–का राजा जगतज्योति मल्लले रथयात्रा गराए  ।
तीलमाधव नारायण मन्दिर ः
न्यातपोल र काशी विश्वनाथ छेउको मन्दिर हो, तीलमाधव नारायण । ने.सं.५६०–का राजा यक्ष मल्लद्वारा स्थापित दुईतले धातुछाने पेगोडाशैलीमा छ । सिंगमरमर विष्णु मूर्तिले सजिएको मन्दिरमा शंख,चक्र,गरूड ढुंगे स्तम्भ छ ।
चतुब्रम्ह महाविहार (तःधंछें बहाः) ः
राजगुरुजुको बासस्थल पद्मपाणि लोकेश्वरको चतुब्र्रम्ह महाविहारलाई लाय्कू बहाः भनियो । जीवितदेवी कुमारी विहारबाट मंसीर कृष्ण पञ्चमीका दिन दिपंकर बुद्ध निकाली देश परिक्रमा गराईन्छ । ने.सं. ८७३ शिलालेखको चतुब्र्रम्ह महाविहारको प्रवेशद्धार तोरण टुंडाल २४लोकेश्वरयुक्त छ । आख्यानुसार ने.सं.६३०मा राजा राय मल्लले गुरूजु बस्न नमानेपछि तक्षे बहाल असनका सुरतवज्रका छोरा जीवचन्द्रलाई भक्तपुर लगिएको १६ विहारमध्ये एक हो ।
योसिंख्यो र ऐतिहासिक चुपीघाट ः
ई.सं.८३५ भक्तपुर देश रक्षार्थ स्थापित अष्टमातृका पीठमध्ये भद्रकाली पीठ नै योसिंख्यो हो । जहाँ विक्रमको नयाँ वर्षको एकदिन अगाडि नाग–नागिनीको पताकासहित ५१ हाते योसिंलिङो उठाई वैशाख १ गते ढाल्ने गरिन्छ ।
ँझिंगटीको छाना र ढुंगा छापेको चोक जहाँ छुमांगणेशको आज्ञामा छालिङवासी सूर्यवंशी राजाले जंगल नाग–नागिनी हत्याको खुसीयाली स्वरूप लिङगो उठाउने पर्व थालेको बताईन्छ । ८ दिन ८रात मनाइने भक्तपुरको बिस्केट जात्रा योसिंख्योबाटै बग्ने हनुमन्ते नदीको संगमलाई चुपीघाट भनिन्छ ।

२५) .(ख) भक्तपुरकी आस्थादेवी नवदुर्गादेखि ब्रम्हायणीसम्म ः
राजा आनन्द मल्लले भक्तपुरलाई व्यवस्थित गर्दा देश रक्षार्थ स्थापित अष्टमातृकामध्ये एक हो,व्रम्हायणी पिठ ।
दशैंको नवमीको दिन नवदुर्गा मन्दिरबाट निकालिएको खम्मय् (रांगो)लाई जनसमुदायले लखेट्दा लखेट्दै पीठमा
बधगरी मासु प्रसाद बाँढिन्छ भने हड्डीको अस्थीपञ्जर खडा गरी भव्य पुजा गर्ने अनौठो परम्परा छ ।
किंवदन्तीअनुसार,एक समय दुई दैत्यहरुले भक्तपुरेलाई ठूलो दुःख दिन थालेछन् । ती दैत्यको संहारगरी नवदुर्गादेवी इथुली फूलबारीमा बस्न थालेछन् । भक्तपुरेको रक्षागर्दापनि नवदुर्गाप्रति हेंला गरेपछि देवीले मान्छेकै हत्यागर्दै हिंड्न थालिछन् । तान्त्रिक सुन्दर आचाजुलाईपनि देवीले बध गर्न लाग्दा आचाजुले भनेछन् कि ,सर्वप्रथम मैले हजुरको पूजा गर्न पाउँ तब मेरो बध गर्नुहोला भनी आज्ञा लिई,देवीलाई तारण हाली पासुकाले बाँधिदिएछन् । यही मौकापारी सुन्दर आचाजुले ती देवीलाई कलमा राखी गोप्य पूजाकोठामा प्रतिष्ठापित गराएछन् । श्रीमतीलाई पूजा कोठा नखोल्नु है भनी खोलातिर नुहाउन जाँदा कान्छीचाहिंले कौतुहलवंश कोठा खोलेरहेरेछन । क्रोधित दुर्गाले श्रीमती र सुन्दर आचाजुको हत्या गरेछन् । लगतै अर्कातान्त्रिक शोमराजले स्थिरमन्त्र पढ्दै स्वंग ल्वहंनेर नवदुर्गा शान्तपारी प्रत्येक वर्ष देवी गणनृत्य निकाल्नुपर्ने बताएछन् । राजा सुवर्ण मल्लको पालामा प्रारम्भ ,ने.सं.६२१–६२८मा नवदुर्गा मन्दिर निर्माणपछि राजा प्राण मल्लले गणनृत्यलाई व्यवस्थित बनाएको र देवीलाई राँगा बली दिने परम्परा चलाएको विश्वास गरिन्छ । भक्तपुर अधिनस्थ प्राचीन शहर ठिमी,नडे, बोडे,बनेपा,नाला, धुलखेल, पनौती,टोखा,चपली,देवपाटन,पशुपति,सांग्ला,
चुगाउँ,साँखु र १२ वर्षको एकपल्ट हांडीगाउँमा गणनृत्य लैजाने गरिन्छ ।
१. ब्रम्हायणी २. माहेश्वरी ३. कुमारी ४.वैष्णवी ,५ बाराही, ६ इन्द्रायणी, ७.चामुण्डा महांकाल,
८ महालक्ष्मी, ९ भैरवी, १०गणेश, ११ सिंहिनी, १२ व्याघ्रिणी छन् ।
दशैंको महानवमीका दिन नवदुर्गा मन्दिरबाट निकालिएको खम्बे(रांगो) लाई विशाल जनसमूहले लखेट्दा लखेट्दै थाकेपछि भक्तपुर नगरको पूर्वब्रम्हायणी पीठमा पु¥याई बध गर्ने र मासु प्रसादकारूपमा खाने अनौठो परम्परा छ । तलेजुभवानी नवदुर्गा देवीकै दिदी–बहिनी भएकाले यस दिन मूलचोकसहितक्रमशः
१. सूर्यमढी, २. तचपाल, ३. क्वाथण्डौ, ४. गछे ५. दधुटोल, ६. इनाचो, ७ गोलमढी, ८.याछें
९. टौमढी, १०.तालाको, ११ नासमना, १२.गाहिटी,१३.क्वाछे १४.टिवुक्छें १५विलाछे, १६ यावी,
१७. इताछें १८ वालाखु, १९ .तुलाछें २०. चोछें, २१. ईच्छुत्वा २२. सूर्यमढी त्वाचामा गणनृत्य गरिन्छ ।
किराती राजा गास्थीका वंशज गथु वनमालाको नेतृत्व र नौ जातका नेवारद्धारा सञ्चालित देवी गणनृत्यमा सुंगुर बलिदिने प्रचलन छ । कथनअनुसार ‘मुस्लिम फौजको आक्रमणबाट देवस्थललाई बचाउन मुसलमानले अति घृणा गर्ने सुंगुर बलि दिने प्रथा बसाएका हुन् । गणनृत्यमा देवीगणले मान्छेको खप्परमा जाँडरक्सी र सुंगुरको कांचो रगत समयवजी मुछेर खाने र प्रसादस्वरूप बाँढ्ने गरिन्छ । यदि सो प्रसाद घीन मानी नखाएमा अपसगुन हुने विश्वास गरिन्छ । आगछें भक्तपुरको गछेंमा छ ।
कमल विनायक ः
नवदुर्गा नजिक, ३० रोपनीको बिशाल कमलविनायक पोखरी छ । सिद्धपोखरी,नःपुखुजस्तै पोखरी पुर्वउत्तर कुनामा गणेश मन्दिर र बौद्धचैत्य र विशाल पिपलको रुख छ । माछा पालिएको प्राकृतिक पोखरीको एक कुनामा घाम ताप्न र हावा खान पुग्ने गर्दछन् । यहिबाट नगरकोट ,काठमाडौं र ल्हासापाको सरस्वतीस्थानमा पुग्ने बस पाईन्छन् ।
आदिपद्म महाविहार तोमबहाः
भक्तपुर प्रवेशपछि बाकुपति नारायण मन्दिर नजिक आदिपद्म महाविहार पुगिन्छ । तोलाछें चोक स्वयम्भुकृत बौद्ध चैत्य वरिपरि फल्चापाटीबाट भित्र महाविहार छ । संघमा आधारित आदिपद्मलाई तोमबहाःभनिन्छ । गौतमबुद्ध महाविहारमा ने.सं.५२८भन्दा पुरानो अभिलेख खासै पाउन नसकिए तापनि भक्तपुरका प्राचीन बुद्धविहार मध्यमा पर्दछ । भक्तपुरका २५ विहारमध्ये प्रमुख तोमबहाःको चोकमा स–साना चैत्य र बहालको ढोका दायाँबायाँ सारिपुत्र मौद्गल्यान भगवान बुद्धका शिष्यका प्रतिमा छन् । ने.सं.१०५४मा जीर्णोद्धार खुल्दछ ।
वाकुपति नारायण र नवदुर्गा ः
मृतिकाकलाको केन्द्र भक्तपुर तौलाछेंस्थित बाकुपति नारायणमन्दिर धातुकलायुक्त छ । ने.सं.४७१ र ८०३को अभिलेख रहेको छ । आख्यानुसार,तौलाछें निवासी भक्त दिनहुँ हिंडेर चाँगुनारायणको दर्शन गरी घर नफर्की पानीसमेत पिउँदैनथे । एकपल्ट सात दिन सात रात पानी परेर रोकिंदै नरोकिएपछि भक्तलाई दुःखबाट मुक्तगर्न भगवानले सपनामा भनेछन्की,,घर पुगी धान बोकेर हिंड्नु, जुन ठाउँमा सेतो परेवा भारीमाथि बस्न आइपुग्छ त्यहीं खनेर हेर्नु मं हुनेछु् । नभन्दै, किसानले त्यहीं खनेर हेर्दा नारायणको मूर्ति फेला पारेछन् । भनिन्छ कोदालोले नाक ताछिंदा दूध र रगत एकसाथ बगेछ । सोहीस्थानमा दुईतल्ले पेगोडाशैलीको नारायणस्थपित भए । टुँडालमा विष्णुका दश अवतार चित्रित, धातुका सिंह,घुँडा टेकेका गरूड स्तम्भ छन् ।् धानको भकारी बोकेर ल्याउँदा उत्पन्न देवतालाई वा धान कु भारीलाई समास गरी वाकुपति भनिए । माघ महिनाभर ब्रम्हायणीघाट नुहाएर देश परिक्रमा गर्ने गर्दछन् ।
ब्रम्हायणी द्योछे

सूर्यमढी नपुग्दै चारतले व्रम्हायणी द्योछे छ । देवताको गहना र साधना गरिने द्योछेंबाट विस्केटमा
मिप्वा जात्रा निकालिन्छ । गठामुगल जात्रा र दशैंमा नवदुर्गाबाट लखेटीलखेटी मारिने रागाँको मासु प्रसाद बाँढिन्छ ।
माहेश्वरी पीठ ःनवदुर्गाले पनि मान्नुपर्ने नासःद्योः ने. सं.२८३मा स्थापित मानिन्छ । त्यसैगरी सिमलां बुद्ध
जेलां गणेश र नारायण मन्दिर हनुमन्ते खोला नजिक स्थापित ऐतिहासिक सम्पदास्थलहरुमा झट्टापोल नासःद्यो भैरव र श्वेत भैरव ः र दत्तात्रय ः मठ जंगम मठ सम्म रहेकाछन् भक्तपुरमा ।
‘भक्तपुरको सांस्कृतिक विकासमा जंगम जातिको भूमिका’विशिष्ट छ, ने.सं.६००तिर बढ्दो बुद्ध धर्मलाई निस्तेज गरी शैवमतलाई कसरी स्थायी बनाउने भनी राजा यक्ष मल्ल साह्रै चिन्तामा परे । राजाको उद्देश्यलाई साकार पार्दै ने.सं.६९२मा राजा विश्व मल्लले भक्तपुरको टौमढीमा जंगमजातिलाई हिन्दुस्थान काशीको विश्वनाथबाट ल्याई जंगम मठमा स्थायी बसाए । सो समयदेखि तौमढीमा जंगम जातिका कुलदेवता वीरभद्र गुठीको व्यवस्था गरी गंगा महारानी, जितामित्र मल्ल, जगज्योति मल्ल र राजा रणजित मल्लले वीरशैवमत्लाई नेपालमा स्थायी बसोबास मात्र गराएनन की, जंगम जातिलाई मल्ल राजाको कुल गुरू स्वीकार गरी रावल पदवी दिए ।

एउटै रूखबाट निर्मित दत्तात्रय ः

काष्ठकलाको नमुना दत्तात्रय मन्दिर ने.सं.५४७मा राजा यक्ष मल्लद्धारा निर्मित हुन् । तर,ब्रम्हा,विष्णु र महेश्वरको तीन टाउके एउटै जीउको दत्तात्रयमूर्ति ने.सं.५९०मा मात्र प्रतिष्ठापित मानिन्छ । संसारमा ब्रम्हाको मूर्ति कतै छैन भन्ने मान्यतालाई कटौती गर्दै खडा भएको दत्तात्रय काठमाडौंको काष्ठमण्डपजस्तै एउटै रूखबाट निर्मित मानिन्छ । तीन र पाँचतल्ले पेगोडा शैलीको मन्दिर छानामुनि बार्दलीसहित झिंगटीको छ । मन्दिरअगाडि ढोकामा दुई बढेमान्का ढुंगे सिंकुचा र फिंकुचा पहलमान्मूर्ति देखिन्छ । मन्दिरभित्र घण्टा र मन्दिरबाहिर अगाडि शंख,चक्र,ढुंगेस्तम्भ ठडिएका छन् । त्यस्तै,मन्दिरकै सन्मुख हात जोडिएको ठूलो धातुको गरूडमानव ढुंगेस्तम्भ छ । पशुपतिनाथका गुरू दत्तात्रयमा भाद्रकृष्ण द्वितीय,शिवरात्रि र योम्हरी पूर्णिमाको अघिल्लो दिन मेला लाग्दछ । जहाँ १) तचपाल भीमसेन ः
२) संलां गणेश द्योछें र पोखरीका साथ साथ क्वाथण्डौं आजुद्यःबहाः (प्रशन्न शिल महाविहार) रहेका छन् ।
क्वाथण्डौं आजुद्यःबहाः (प्रशन्न शिल महाविहार)
क्वाथण्डौं टोलमा अवस्थित दिपंकर बुद्धप्रति समर्पित आजुद्यः (पुर्खा देवता)को आदिबुद्ध विहार भक्तपुरको प्राचीन बुद्धस्थल मानिन्छ । दत्तात्रयबाट नवदुर्गातर्फ लाग्दा उँचो ‘क्वाथ’मा तीन तल्ले नेवारी कलायुक्त विहार तिब्बत, भारत, भुटान र बर्मासम्म प्रख्यात छ । बहालचोकमा ढुंगेधारा बुद्ध चैत्य चिवाःहरू भजनगृहले सजिएको प्रशन्नशिल महाविहारको तोरण टुंडालमा पञ्चराक्षदेवी भैरव,पञ्चबुद्ध,चतुर्महाराजा, सप्ताक्षरी,कुटाक्षर अष्टसिद्धि कलाकृतिसहित निर्मित छ । आजुद्योबहा सम्बन्धमा ने.सं.७५० र ने.सं.९४४का अभिलेख छन् । बज्राचार्यहरुकाअनुसार, विहारमा भेटिएका प्राचीन सम्वत् ने.सं.१९८को हो । भक्तपुरका १६ प्रमुख महाविहारमध्ये मुख्य क्वाठण्डौ बहाःमा बोडेजात्रा र माघे संक्रान्तिमा विशेष पूजा र मेला लाग्नेगर्दछ । जहाँ आजुद्यःया कचाःबहाः, बां बहाः मञ्जुश्री विहार, महालक्ष्मी मन्दिर पीठ र द्योछे , इष्टदेवी नवदुर्गाको माइतीः,,महांकाल पीठ , मच्छी नारां पुखु देग , महांकाल द्योछे पोखरी र अन्य देवी देवताका मन्दिरहरुले ओतप्रोत रहेका छन् ।
मुलुककै सबैभन्दा ठूलो शिवलिङ, हनुमान्घाट ः किंवदन्तीअनुसार,,तव्याखुसी र चखुं खुसीको संगममा हनुमान्ले पुच्छर गाढेर पानी निकालेको संगम भन्ने कथन छ । यही विश्वासमा हनुमान्घाटमा श्राद्धआदि कर्मकाण्ड गर्नेको ठूलो भीड लाग्दछ । जहां ने.सं.१०५२मा देवीशंकर मानन्धरद्धारा निर्मित एकतल्ले राम मन्दिर छ । घाटमा बुद्ध,गणेश र नेपालकै विशाल दुई शिवलिङ छन् । दुईमध्ये एउटा राजा भूपतिन्द्र मल्लले ने.सं.८३८ र अर्को रावल डम्बर जंगमद्धारा स्थापित मानिन्छ । जहाँ पशुपति आर्यघाट्र जस्तै अन्त्यावस्थामा सहज मृत्युवरण गराउन कान्छाभक्त प्रधानाङको अगुवाई छ । घाटसम्पदा क्षेत्र वरिपरी पंभो गणेश र मुनिसंघ विहार , (धर्मोत्तर महाविहार) ः इनाचो बहाः (इन्द्रपरावर्त महाविहार) र माहेश्वरी द्योछेँ ः, माहेश्वरी द्योछे.ः बांचुत्व शिखर नारायण ,भक्तपुर,बौद्ध, वैदिक र मुस्लिमको संयोजन स्थल ःसमेत मान्न सकिन्छ । जहाँ,नमोबुद्ध, गोल्मढी गणेश र राम झोपडी मन्दिर छन् ।
झौरवही ,(गोल्मढी दिपंकर विहार) ः
दिपंकर बुद्धप्रति समर्पित झौरवही, बुद्धत्व प्राप्तिले पुनःयस भवसागरमा जन्म लिइरहनुपर्दैन भन्ने तथ्य प्रवद्र्धन गर्ने विहार हो । बुद्धजस्तै दिपंकर बुद्ध,क्रकुच्छन्द बुद्ध, कनक बुद्ध २८ बुद्ध मध्ये एक हो ने.सं.७७०को अभिलेख छ ।
भक्तपुर जामे मस्जिद ः
काठमाडौंको पञ्चतकिया र नेपाली जामे मस्जिद ने.सं.६०४मा राजा रत्न मल्लद्वारा तान्त्रिक गयासुद्धिन बाबा र रामस्किन बाबालाई प्रदान गरेको जग्गामा निर्माण भएपनि भक्तपुरमा मस्जिद थिएन । अमिन तुलाह भन्छन्–चुरापोते र औषधिको व्यापारगर्दै भारतबाट १५पुस्ताअघि प्रवेश गरेका मुस्लिमका लागि भक्तपुरको गोल्मढीमा स्थापित जामे मस्जित इ.सं.१८५७ मा लखनउमा ब्रिटिस सैनिक विद्रोह हुँदा त्यहाँका बेगम हजरत महलसंग नेपालआएका मुस्लिम खुडाबक्स र मनुमियांद्वयल स्थापना गराएको तथ्य छ ।मस्जित २ रोपनीमा छ ।
सुकुलढोका मठ ः
शैवमतलाई उत्थान गर्न राजा यक्ष मल्लले ने.सं.५००तिर दरबारअगाडि यक्षेश्वर महादेवको दुईतल्ले पेगौडा शैलीको मन्दिर स्थापना र दक्षिण भारत काशी विश्वनाथका लिंगायत जंगमजातिलाई पूजारी राखे । त्यसैबेलादेखि नेपालमा लिंगायत संस्कृतिको विस्तारका साथै नेपाल–भारतबीच आवतजावत सुरूवात भएको बताईन्छ । ने.सं.६९२मा राजा विश्व मल्लले टौमढीमा जंगम मठ र कूलदेवता वीरभन्द्र स्थापना गराए । भनिन्छ मुगलवादशाहले काशी नरेशलाई कब्जामा लिई विश्वनाथको मन्दिर ध्वस्त बनाउँदा देवलभित्रको मूर्ति जंगमपूजारीले नेपाल ल्याई न्यातपोलसंगै स्थापना गराएका थिए । त्यसैले टौमढीटोलको तीनतल्ले आयताकार भैरव मन्दिरलाई काशी विश्वनाथ भनिएको हो । जंगम मठहरूमध्ये सुकुलढोका मठ ने.सं.८६४ मा राजा रणजित मल्लद्धारा निर्मित बताइन्छ । काष्ठकला तीनतल्ले मठ अगाडि नेपाल सम्वत्मा सुकुलको ढोका निर्माण गरिन्छ । त्यसैले सो टोललाई सुकुलढोका भनिएको हो ।

 

फोटो- 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal