आज :

उच्च अदालत पाटन हेटौंडा इजलासबाट ७२ प्रतिशत मुद्दा फछर्यौट

  • अनलाइन डबली

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले फछर्यौट दरमा कमी देखिए पनि अदालतले समग्र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको छ ।

आर्थिक वर्ष २०८०र०८१ मा अदालतले ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो ।तर चालु आवमा मुद्दा दर्ता संख्या बढेकाले प्रतिशतमा गिरावट आएको बताइएको छ। एक अदालत अधिकृतका अनुसार,  ‘मुद्दाको सङ्ख्या उल्लेख्य रूपमा बढेका कारण घटेको प्रतिशतलाई पनि सन्तोषजनक मान्न सकिन्छ ।’

२०७८÷७९ मा दर्ता भएका १ हजार ७ सय २७ मुद्दामध्ये १ हजार २ सय ४७ मुद्दा फछर्यौट भएका छन् । अघिल्लो आवमा १ हजार ६ सय १९ मुद्दा दर्ता भएका थिए, जसमध्ये १ हजार २ सय ४५ मुद्दा टुंग्याइएको थियो ।

चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्रका रूपमा लिएको हेटौंडा इजलासमा एक वर्ष र दुई वर्षभन्दा पुराना मुद्दा शून्य छन् , जसले अदालतको सक्रियता र समयमै न्याय दिन खोजिएको संकेत गर्छ ।

सात न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल पाँच जना मात्र कार्यरत छन् । विशेष उल्लेखनीय कुरा के छ भने, कार्यरत सबै न्यायाधीश महिला हुन्, जुन लैंगिक समावेशीताको दृष्टिले प्रशंसनीय मानिएको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलासले निष्पक्ष, शीघ्र र प्रभावकारी न्याय प्रणालीको उदाहरण प्रस्तुत गर्दै आएको भन्दै स्थानीय कानुन व्यवसायी तथा नागरिकले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal