आज :

एमबीबीएस अध्ययनरत बराललाई रास्कोट नगरपालिकाले गर्यो पाँच लाख आर्थिक सहयोग

  • अनलाइन डबली

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थी जनकराज बराललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बराल रास्कोट नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा हुन् । हाल उनी भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत छन् । रास्कोट नगरपालिकाले नगर सभाको १६ औं अधिवेशनमा बराललाई चेक हस्तान्तरण गरेको हो ।

नगरपालिकाले जेहेन्दार, गरिब, सहिद परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले मेयर छात्रवृत्ति कोष स्थापना गरी सञ्चालनमा ल्याएको छ । छात्रवृत्ति प्राप्त गरेका बरालले नगरपालिकाले छात्रवृत्ति वापत आफुलाई आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरेका छन् ।

उनले भने, “नगरपालिकाले आर्थिक सहयोग गरेकोमा मलाई अत्यन्तै खुसी लागेको छ । यो रकमले अध्ययनमा मलाई थप उर्जा मिलेको छ ।” उनका बुवा हरिचन्द बरालले नगरपालिका र नगर प्रमुखलाई धन्यवाद दिदै आफ्नो छोरा डाक्टर बनेपछि रास्कोट नगरपालिकाले लगाएको गुन तिर्ने बताए । नगरपालिकाको सहयोगले आफ्नो छोरा डाक्टर बन्ने कुराको थप सुनिश्चितता भएको उनको विश्वास छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal