आज :

बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो

  • अनलाइन डबली

बाजुरा । बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

धान रोपाइँ जेठ दोस्रो साताबाट सुरु भएको हो। तर, लामो समयसम्म खडेरी परेपछि अधिकांश ठाउँमा रोपाइँ ढिलो भएको थियो । त्यसै पनि असारको अन्तिमसम्म जिल्लाका सबै ९ वटै स्थानीय तहमा धान रोपाइँको काम तीव्ररूपमा अघि बढेको छ ।

खोलाका किनारमा रहेका सिँचाइ सुविधा भएका खेतमा भने असार १५ भित्रै रोपाइँ सकिएको हो । यद्यपि सिँचाइको सुविधा नपुगेका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ भइरहेको हुँदा साउन दोस्रो हप्तासम्म पनि रोपाइँ जारी रहने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका त्रिवेणी, बुढीगंगा, बडीमालिका, गौमुल र खप्तड क्षेत्राधक गाउँपालिकामा पर्याप्त पानी परेपछि समयमै रोपाइँ सकिएको हो । तर, बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा भने पानीको अभावका कारण धान रोपाइँ ढिलाइ भएको केन्द्रका निमित्त प्रमुख जसीराम सहानीले जानकारी दिए ।

बाजुरामा कुल ७ हजार ३०३ हेक्टर जमीनमा मात्र धान खेती हुने गर्दछ । जसमध्ये हालसम्म ५ हजार २८५ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal