आज :

राजतीर्थ: १२ वर्षको कठिन ध्यानपछि कालपुरुषको शरीर घृणा तथा पापरहित स्वच्छ भएको पबित्र तिर्थ

  • बुद्धशरण शाही

काठमाडौँ  उपत्यकामा बज्रयानी परम्पराअनुसार, दुइ ठुला नदि बागमती र बिष्णु मती किनारमा अवस्थित प्रख्यातः १२ तीर्थ पुण्यतीर्थ, शान्तितीर्थ, मनोरथतीर्थ, निर्मलतीर्थ, निधानतीर्थ, ज्ञानतीर्थ, चिन्तामणितीर्थ, प्रमोदतीर्थ, जयतीर्थ, सुलक्षणतीर्थ र राजतीर्थ मध्ये राजतीर्थको महिमा छुट्टै रहेको छ ।

कथनअनुसार, ‘पाञ्चालदेश पनौतीनजिक बन्धुमती नगरका महाजन कर्णमार्थबाह व्यापार गर्न विदेश गएको बेला उनकी श्रीमती महाजनी वर्णलक्ष्मीले एउटा छोरो जन्माइछन् । यत्ता, छोरो जन्मेकै दिन महाजन कर्णसार्थवाहको डुंगा घोप्टिएर बेपत्ता भए।

महाजन कर्णसार्थवाह बेपत्ता हुनु र महाजनी अणंलक्ष्मीको ढुकुटी चोरी-ठगी-लूट हुँदै जान थालेपछि इष्टमित्र, दासदासी, नोकरचाकरसमेत सबैले घर छाडेर जान थालेछन्। उसै त विक्षिप्त वर्णलक्ष्मीमाथि अझै वज्रपात पर्ने गरी एकदिन अचानक घरसमेत जल्न पुगेछ। छोराको जन्म, पति बेखबर भएसँगै विपतिमा फसेकी महाजनी वर्णलक्ष्मीलाई दासीमध्येकी एउटीले आफ्नो घरमा शरण दिइछन्। तर, अचम्म जबर्दोख दासीले वर्णलक्ष्मी र छोरालाई शरण दिइन्,, तबदेखि सो घरमा पनि अनिकालले घेर्न पुगेछ ।

यस्तो अचम्मको अवस्था सिर्जना भएपछि तान्त्रिक गुभाजूलाई देखाउँदा वर्णलक्ष्मीबाट जन्मिएको बच्चा पूर्वजन्मको पाप कर्मका कारण अलच्छिना भएको थाहा भएछ । अलच्छिने स्वभाव भएकै कारण गुरूजूले उनको नाउँ कालपुरूष राखिदिए। मानिसहरू कालपुरुषको रूप, रहर स्वरमा समेत घृणा गर्ने, कुकुरले समेत भुक्ने र लखेट्ने गर्दथे । यस प्रकार सबैतिरबाट तिरस्कृत कालपुरुषले वाग्मती र राजमञ्जरी दोभानमा वालुवाको स्तूप बनाई १२ वर्षसम्म आत्मशुद्धि ध्यान बसेछन् ।

१२ वर्षको कठिन ध्यानपछि कालपुरुषको शरीर घृणा तथा पापरहित स्वच्छ भई सुधारिन थालेछ । दैवको लीला, सोहो समयमा सानेपा क्षेत्रका राजा नागराज सुरुपको मृत्यु भए छ । राजा चुन्न छानिएको  हात्तीले कालपुरूषलाई माला पहिऱ्याइदिएछ । यसप्रकार राजतीर्थको प्रतापले कालपुरुषको सम्पूर्ण पाप नष्ट भई राजा बनेको हुँदा वाग्मती र राजमञ्जरी नदीको दोभानलाई राजतीर्थ भन्न थालिएको बताइन्छ ।

वर्तमानमा राजतीर्थ एउटा पानी सुकेको सानो कुण्ड, ५ वटा ढुङगे भकारीसहितको घाट र ने.सं. ११०३ मा स्व. संश्तिा माथेमाद्वारा निर्मित सार्वजनिक पाटीसहित राम मन्दिर छ । अर्कोतर्फ त्यहाँ लोकेश्वर फल्चालाई प्रयोग गर्दै स्थानीय बासिन्दाको सक्रियतामा भजन योगा आदि कार्यको थालनीको लागि भजन घर निर्माण भएकोछ । कार्त्तिक शुक्ल तृतीयाको दिन भव्य मेला तथा पूजा गरिने राजतीर्थमा बुद्ध चैत्य, शिवालय, गम, कृष्ण, लोकेश्वर आदि देवीदेवताका मूर्ति देख्न सकिन्छ । यम क्षेत्रको अन्दा पुरानो शीलापत्र ने. सं. १०४७ को हो।ललितपुर महानगरपालिका २ मा अवस्थी राजतिर्थ ,राजमञ्जरी कुण्डलाइ हाल पुननिर्माण गरि पुरानै मौलिकता कायम गर्न कामभै रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal