
काठमाडौँ । इरानले असली युद्ध अब सुरु हुन्छ भन्दै अमेरिकालाई खुला चुनौति दिएको छ । आइतबार विहान अमेरिकाले इरानका आणविक ऊर्जा केन्द्रमा बंकर बलस्टर बमबाट हमला गरेपछि इरानले अमेरिकालाई खुला चुनौती दिएको हो ।
अमेरिकाले बी–२ बमबर्षक विमानको प्रयोग गरेर ३० हजार पाउन्डको बंकर बलस्टर बम प्रहार गरेपछि इरान आक्रोसित बनेको छ । इरानी संचारमाध्यमहरुका अनुसार इरानले यो हमलाको बदला लिने बताएको छ । उसले अब असली युद्ध सुरु भएको समेत बताएको छ ।
अन्तर्राष्ट्रिय कानुनको उलंघन गरेर अमेरिकाले आफ्नो देशमाथि हमला गरेको बताउँदै इरानले आत्मरक्षाको अधिकार सुरक्षित रहेको बताएको छ । इरानी संचारमाध्यम बोल्दै इरानी एक अधिकारीले असली युद्ध अब सुरु हुने बताए ।
‘अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उलंघन गर्दै हाम्रो देशमा हमला गरेको छ, अब असली युद्ध सुरु हुन्छ । युद्ध ट्रम्पले सुरु गरे त्यसको अन्त्य हामी गर्छौं’ ती अधिकारीले भने ।
यसअघि इरानले जवाफी हमला भन्दै इजरायलको राजधानी तेल अभिभ र हाइफमा रहेका सैन्य ठेगानामा मिसाइल प्रहार गरेको थियो । इरानले अमेरिकी नागरिक, सैन्य केन्द्र आफ्नो निसानामा हुने चेतावनी समेत दिएको छ ।