आज :

अभिवक्ता बुद्धिरत्न शाक्यलाई “निल्स न्यायिक सम्मान ” र अधिवक्ता राजकमार सुवाललाई “निल्स सहयात्री सम्मान ”

  • बुद्धशरण शाही

काठमाडौँ।  विधिको शासनको सुदृढीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, लोकतन्त्र र मानव अधिकारको प्रत्याभूति, सामाजिक न्याय, सांस्कृतिक सम्पदाको पक्षमा पैरवी गर्दै आएको कानुन कर्मीहरुको सस्था नेपाल इन्डिजिनस लिगल सोसाइटी (निल्स)ले अभिवक्ता बुद्धिरत्न शाक्यलाई “निल्स न्यायिक सम्मान-२०८२” र अधिवक्ता राजकमार सुवाललाई “निल्स सहयात्री सम्मान-२०८२° प्रदान गरेको छ।

सोसाइटीले आज एक कार्येक्रमका बीच सम्पदा, संस्कृक्ति, गुठी र भुमि सम्बन्धी विविध विषयमा न्यायिक लडाईमा सक्रिय अभिवक्ताको भूमिका शसक्त रुपमा निर्वाह गर्दै आएको बापत शाक्य तथा सुवाललाई नगदसहित सम्मान गरेको हो।

साथै सम्पदा, संस्कृति र आदिवासीको हक अधिकारका सबालमा अदालतको अभ्यास विषयक गोष्ठी कार्यकममा वरिष्ट अधिवक्ता शंकर लिम्बुले कानुनि रुपमा सम्पदा , सस्कृतिजस्ता बिषयलाई समेट्दै जानु पर्ने बताए। सम्पदा सम्रक्षण नभए राज्य नै नहुने बताउदै न्याइक लडाइमा अदालतबाट समयमा नै उचित फैसला नआउने ढिलो हुने हो भने सम्पदा , सस्कृति तवसम्म नरहन सम्म सक्ने बताए।


यसै गरि धुर्वलाल श्रेष्ठले सम्पदा , सस्कृति जोगाउने , सम्रक्षणका लागि कानुनि लडाइमा योगदान पुर्याएका अभिवक्ता बुद्धिरत्न शाक्यले प्रसंसनिय काम गरेको बताए। अदालतका न्याधिशहरुले सार्वजनिक सरोकारका मुद्दाभित्र सम्पदा , सस्कृति , इतिहास जोगाउन फैसला गरेको बिगतलाई सराहनीय भएको बताए।

नेपाल बार एसोसिएसनका अधक्षय विजय प्रसाद मिश्रले काठमाडौँ उपत्यका पवित्र देव भुमि भएको र समानित हुनु भएका अभिवक्ता  शाक्य र सुवालले सम्पदा , सस्कृति बचाउन लडेको कानुनि लडाईको बाकि जिम्मेवारी अभियान्ता संगै आफुहरुले पनि निर्वाह गर्नु पर्ने जिम्मेवारी रहेको बताए ।

अधिवक्ता विजय राज शाक्यले ,पदम बहादुर श्रेष्ठ ,र नेवा : दे दबुका अध्क्षय् पबित्र बज्राचायेले बर्तमान अवस्थामा सम्पदा , सस्कृति संग जोडिएको भुमि माथि अनिधिकृत कब्जा गर्ने तत्वहरुको क्रियाकलाप बिरुद्द एकजुट हुनु पर्ने बताए।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal