
काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो । रातिसम्म बसेकाे बैठकले याे प्रस्ताव पारित गरेकाे छ । अब विधान महाधिवेशनमा यसबारे छलफल हुनेछ ।
यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ ।
आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने नदिनेबारे छलफल हुने बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला गर्न विधान संशोधन गरिन लागिएको नेताहरुले बताएका छन् । यसअघिको ७० बर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था गरिएको थियो । याे व्यवस्था हटाएपछि अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटाे खुला भएकाे छ ।
भण्डारीले पार्टी सदस्यता नविकरण गरेसँगै एमालेमा नयाँ बहस सुरु भएको छ । यद्यपी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै भण्डारी पार्टी हाक्न असक्षम भएको बताउँदै राजनीतिमा आउन दिने नदिनेबारे निर्णय भइनसकेको बताएका छन् ।
महासचिव शंकर पोखरेलले यसअघि नै भण्डारीले पुनः राजनीतिमा आउन नहुने बताउँदै आएका थिए । अध्यक्ष ओलीको पछिल्लो सार्वजनिक मन्तव्यले पनि भण्डारीलाई एमालेको राजनीतिमा आउन त्यति सहज नभएको राजनीतिक विश्लेषकहरुको बताउँछन् ।
पार्टी अध्यक्ष र महासचिवका अभिव्यक्तिले भण्डारीलाई एमालेमा निषेध गर्ने संकेत गरेको देखिएको छ ।