आज :

एसईई १७ औं दिक्षान्त समारोह, लोयल्टी बुढानिलकण्ठ नगरपालिकाको लागि गौरवः मेयर अधिकारी

  • धनन्जय बुढा

काठमाडौं । लोयल्टी एकेडेमीले एसइइको १७ औं ब्याचमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले सोमबार आयोजना गरेको दिक्षान्त समारोह तथा सम्मान कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले आफ्नो पालिकाको गौरव र प्रतिष्ठाको प्रतिककारुपमा रहेको बताएका छन् ।

दिक्षान्त समाहरोका प्रमुख अतिथि नगर प्रमुख अधिकारीले उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई दिदै लोयल्टी पालिकाभित्र मात्रै नभएर देशकै उदाहरणीय बन्दै गएकोमा विद्यालयलाई धन्यवादसमेत दिएका छन् ।

विद्यालयले हरेक वर्ष आफूलाई अब्बल र उत्कृष्ठ सावित गर्दै आएको र व्यवहारिक शिक्षामा पनि जोड दिदै आएकोमा खुसि व्यक्त गर्दै भने,“विजय जीले यो अवस्थासम्म ल्याउन कठिन संघर्ष गर्नु भएको विगतलाई सम्झना आउँछ, बधाई छ तपाईलाई, सतप्रतिशत विद्यार्थी उत्तिर्ण मात्रै हैन, प्रत्येक बाबुनानीले उत्कृष्ठ नतिजा ल्याउनुभएको छ, अझै सफलताका शिखर चुम्नु होला शुभकामना ।”

अधिकारीले अहिले हरेक विद्यार्थीको लक्ष्य स्वदेशमै बसेर भविष्य खोज्ने भन्दा पनि विदेश जाने किसिमको मनोविज्ञानलाई तोडन जरुरी रहेको र आफ्नो नगरपालिकाले त्यसको अभ्यास गरिरहेको पनि जानकारी दिए ।

सो विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले राम्रो नतिजा ल्याएर विद्यालयको इज्जत बढाएको भन्दै एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई दिदै उज्ज्वल भविष्यको शुभकामनासमेत दिए । सम्बाहाम्फेले विद्यालयको गुणष्तरलाई कायम गर्न दिनरात नभनि काम गर्ने शिक्षक तथा कर्मचारी तथा हौशला दिने अभिभावकलाई पनि धन्यवाद दिए ।

विद्यालयका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले विद्यार्थीहरुले अथक मेहनत गरेर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा हर्षित भएको बताए । १७औं ब्याचमा लोयल्टीबाट ७६ जनाले परिक्षा दिएकोमा सतप्रतिशत नै उत्तीर्ण भएको बताउँदै भने,“यो समय हाम्रो लागि निकै नै खुसिको समय हो ४७ जनाले ए प्लस, २७ जनाले ए र एक जनाले बी प्लस ल्याएर उत्तीर्ण भएका छन्, आगामी दिनमा पनि राम्रो नतिजाको अपेक्षा गर्दछौं ।”

प्रिन्सिपल कुरुम्बाङले कक्षा १० मात्रै नभएर प्लस टुसम्म पनि पढाई हुने भएकाले त्यो उच्च शिक्षालाई पनि राम्रो बनाउने प्रयासमा लागेको बताउँदै भने,“यहाँ विज्ञान र व्यवस्थापनसहित यस वर्षदेखि कानुन संकायको पनि सुरुवात गरेका छौं सबैलाई स्वागत छ ।”
सो विद्यालयका प्लस टु संयोजक इन्द्रप्रसाद गौतमले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal