
काठमाडौँ। उच्चअदालत पटनले जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर गरेको छ । न्यायाधिस लेखनाथ पौडेल र कृष्ण राम कोइरालाको संयुक्त इजलासले नेवार जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको मुद्दामा स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिजलाई काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाइ नै सदर गरि उच्चअदालतले आज यस्तो फैसला गरेको हो।
पृथविन्दु महर्जनलगायतले दिएको उजुरीमा क्षितिजलाई मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम फैसला गरेको थियो। फैसला चित्त नबुझेको भन्दै सिंह उच्च अदालत गएका थिए।
स्ट्यान्ड अप कमेडी गर्ने क्रममा नेवारी लवज र जातीलाई व्यंग्य गरिएको भन्दै अपूर्व क्षितिजविरुद्ध उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले २०७९ भदौ दोस्रो साता पक्राउ परेका थिए । उनलाई त्यतिबेला २ लाख धरौटीमा छोडिएको थियो ।