
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) आह्वानमा आज देशभरका शैक्षिक संघ संस्था प्रया ठप्प भएका छन् ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) अखिल क्रान्तिकारीले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका माग राखेर आज एक दिने शैक्षिक हडतालको आह्वान गरेको थियो ।
विहीबार साँझ नै निजी विद्यालयहरुले अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । तर, आन्तरिक परीक्षा सञ्चालन भइरहेका कारण कतिपय विद्यालय भने खुलेका छन् ।