काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि. को संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । इन्स्योरेन्सको आज (चैत्र १६ गते) बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका अमात्य अध्यक्षमा चयन भएको एक प्रेस विज्ञप्ति मार्फत लिमिटेडले जनाएको छ ।
नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार, संचालक समितिको पूर्व–अध्यक्ष डा.आत्माराम घिमिरेले यहि चैत्र १६ बाट नै लागू हुने गरी व्यक्तिगत कारणले राजिनामा दिएका हुन् ।
२०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।