काठमाडौं । आज १० औं राष्ट्रिय कर दिवस । आजदेखि एक हप्तासम्म ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ ।
आजैकै दिनबाट नेपालमा आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा मूल्य अभिवृद्धि कर लागू भएको थियो । हरेक मंसिर १ गते राष्ट्रिय कर दिवश मनाउन्छ । पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।
नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम संवत् २०५८ साल बैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।
अहिले आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यम स्तरीय करदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् ।
कर दिवसको प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्माले शुभकामना दिएका छन् ।