काठमान्डौं । आइतबार काठमाण्डौंको टोखामा नपा १० मा भेटिएको सुटकेश भित्र फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले सोमबार तस्वीर सार्वजनिक छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले शवको पहिचानमा गर्न सहयोग पुग्ने भन्दै तस्वीर सार्वजनिक गरिएकोे बताए ।
त्यसै गरी एसपी कार्कीले तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत सबैसँग आग्रह गरेका छन् ।
िहजाे बिहान गोंगबुको काठमाडौंको टोखा नगरपालिका १० गणेशस्थान नजिक टाउको बिनाको शव सुटकेस भित्र विभत्स अवस्थामा भेटिएको िथयाे। शवको टाउको भने करिब तीन सय मिटर टाढा भेटिएको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिएका िथए।
शव टुक्रा टुक्रा पारेर बाकसमा राखेर शव कालो कपडाको सुट्केशमा फालिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको िदएकाे िथयाे ।
त्यस्तै, शवको रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थिए।
घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको िथयाे । िहजाे देखी नै प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।