काठमाडौं । युक्रेनको डाईनामो किभलाई हराउँदै इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा चेल्सीले डाईनामो किभलाई उसैको मैदानमा ५-० ले हराएको छ । चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गर्दा मार्कस अलन्सो र हड्जन ओडोईले १-१ गोल गरेका थिए ।
पहिलो लेगको खेलमा ३-० ले विजयी भएको चेल्सी गएरातिको खेलपछि समग्रमा ८-० ले विजयी भएको हो ।
युरोपा लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको रेनेजलाई ३-० ले हराउँदै इंग्ल्यान्डको आर्सनल पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगको खेल ३-१ ले हारेको आर्सनलले गएरातिको जितपछि समग्रमा खेल ४-३ ले आफ्नो पक्षमा पारेको हो ।
अन्य खेलमा विजयी हुँदै स्पेनको भ्यालेन्सिया र भियारियाल, ईटालीको नापोली, जर्मनीको आईन्त्राच फ्र्यांकफर्ट, पोर्चुगलको बेनिफिका र चेक गणतन्त्रको स्लाभिया प्राग पनि क्वाटरफाइनलमा पुगेका हुन् ।