Dabali News

फ्याफुला डाँडामा भएको जीप दुर्घनामा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, नामसहित

२९ असार

काठमाडौँ । खराब मौसमका कारण सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ दुर्घटना भएको हो । जीप थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा परी भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्दा र अन्यको घटनास्थलै मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् ।

घाइतेहरुलाई शुक्रबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको ल्याइएको छ । उद्दारको लागि राति नाइटभिजन हेलिकोप्टर घटनास्थलमा गएको तर खराब मौसमका कारण सम्भव नभएपछि फर्किएको बताइएको छ ।

जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]