Dabali News

‘मिनाको अनुहार सुन्दर, बेहोरा कुरुप’, अझै प्रहरी खोरमै

२७ असार

पर्वत । जातिय विभेद गरेको आरोपमा पक्राउ परेकी जिल्लाको फलेवास नगरपालिका–८ ठानामौलाकी मिना कुँवर अझै प्रहरी हिरासतमै छन् । उनले दलितको बच्चाले आफ्नो कुचो छोएको भन्दै एक बालकलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । कुश्मा बजारमा डेरामा बस्दै आएकी मिनाले आफूमाथि पटकपटक छुवाछुत तथा सामाजिक मान मर्दन हुनेगरी जातिय विभेद गरेको भन्दै स्थानीय मनिसा रसाईलीले असार २१ ग्ते उजुरी दिएकी थिइन् ।

लामो समयदेखि ‘तल्लो जात’ भन्दै मनिसाको परिवारलाई अपमान गर्दै आएको उजुरीमा बताइएको छ । एउटै घरमा भाडामा बस्दै आएका मिना र मनिसाबीच पछिल्लो विवाद भने बच्चालाई कुटपिट गरेको विषयमा भएको छ । त्यो पनि बाथरुमको कुचो छोएको भन्दै मिनाले मनिसाको बच्चालाई कुटपिट गर्नुको साथै गाली बेइजती गरेकी बताइएको छ ।

मिनाले कुचो त्यो पनि बाथरुमको । यति सारो जतिय विभेद गरेपछि सामाजिक संजालमा उनीप्रति विभिन्न टिप्पणी भइरहेका छन् । २१ औं शताब्दीमा पनि मिनाको व्यवहारले अरुलाई समेत लज्जित बनाएको छ । धेरैले उनी बाहिर जति सुन्दर छन् त्यो भन्दा कयौं गुणबढी उनको सोँच विचार, विचार–चिन्तन कुरुप भएको सामाजिक संजाल प्रयोगकर्ताहरुले बताएका छन् ।

फेसबुकमा मिलनसार राजु राई नाम गरेका व्यक्तिले मिनालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने धारणा राखेका छन् । कारवाही गरे अरुलाई छुवाछुत भनेको के भन्ने थाहा हुने तर्क उनको छ । प्रकान्त किरातीले मिनाको यस्तो कार्यले मानव सभ्यताको खिसी गरेको बताउँछन् । त्यस्तै गणेश थापाले मिनलाई पक्राउ गरेर प्रहरीले राम्रो काम गरेको बताउँछन् ।

त्यसैगरी समुन्द्र प्रसाद अधिकारीले कुरा ठूला गर्ने तर दलित भन्दै विभेद गर्नेहरुप्रति ब्याँग्य गरेका छन् । बिरेन्द्र पहाडीले मिनाको कार्यको विरोध गर्दै श्रद्धाञ्जली भन्छन् ।

युवराज बासु नाम गरेका व्यक्तिले मिना कुँवर हेर्दा भलादमी र शिक्षित जस्तो देखिन्छन् तर जातिय घमण्ड ठूलो रहेछ भन्दै कारवाहीको माग गरेका छन् । प्रतिप्रसाद चौधरीले भनेका छन्, “यस्तालाई त हदैसम्मको कारवाही गर्नुपर्छ । दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो, यिनीहरु चाही छुवाछुतमै छि…. कस्तो घिन लाग्यो सोचाई ।” कुचो छोएको निुहमा त्यसो गर्नी मिना छुच्चो भएको आनन्द रजौरेको भनाई छ ।
फेसबुकमा विश्व रसाईलीले लेखेका छन्, “यस्ता पाखण्डीलाई त सिँधा फासी दिनुपर्ने होके, कुकुर्नी कुन मान्छेलाई भनिन्छ दलित ?”

समिक्षा रसाइलीले मिनलाई धर्तिको भोज भएको बताएकी छन् । राजन अविरलले मिनलाई कुन दुनियामा छ भन्दै प्रश्न गरेका छन् ।
त्यस्तै जनक खड्काले यस्ता कू विचार भएकाहरुलाई जेल हाल्नु पर्ने धारणा राख्छन् । बिक्की दा नाम गरेका व्यक्तिले लेखेका छन्, “यस्तालाई सजाय कठोर हुनुपर्छ, बल्ल छुवाछुतमुक्त समाजको कल्पना गर्न सकिन्छ ।” विष्णु रम्तेलले यस्तालाई मज्जाले पिट्नु पर्ने धारणा राखेका छन् ।

फेसबुकमा बसन्त तमुले “मान्छे राम्री, ब्यहोरा त खत्तम रहेछ है” लेखेका छन् । त्यस्तै सुवास केसीले पनि मिना हेर्दा पढे लेखेकी जस्तो देखिने तर सोँच खराब भएको बताएका छन् ।

धेरैले सामाजिक संजाल प्रयोगकर्ताहरुले मिनाप्रति तीब्र आक्रोस व्यक्त गरको छन् । कुचो छोएको निहुमा बच्चालाई पिटेकोमा धेरैलाई अाक्रोसित बनाएको छ, उनीहरुका भनाई यहाँ समेट्न नसकिने खालका छन् ।  गैरदलितले नै मिनाको कार्यको विरोध गरेका छन् । यसले पनि देखाएको छ की जातिय छुवाछुतविरुद्ध समाजमा ठूलो जागरण आएको छ । मिनाबारे टिप्पणी गर्ने सयौं गैर दलितमध्ये एक जना पनि उनको पक्षमा बोलेका छैनन् । जतिय छुवाछुत समाजको कलंकको रुपमा स्थापित भइसकेको छ ।

जातीय भेदभाव तथा छुवाछुत (कुसुर र सजाय) ऐन २०६८ अनुसार मिनालाई कारवाही हुन सक्छ । यसमा एकदेखि तीन वर्षसम्म जेल र एक हजारदेखि २५ हजारसम्म जरिवाना हुन सक्छ । अब जातिय छुवाछुत नगर्ने लेखित् प्रतिवद्धता जनाए र मनिसाको परिवारसँग माफी मागे कानुनअनुसार जरिवाना गरेर मिनालाई छोड्न सकिने बताइएको छ ।

लामो समयदेखि प्रयास गर्दापनि प्रहरीले उजुरीले नमान्दा दलित अगुवा सरु सुनारसहितको टोली पर्वत नै पुग्नु परेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]