आज :

मोटरसाइकल दुर्घटना, २ जना घाइते

सुखड । कैलालीको सुखडमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका १ डोडा नदिको पुलमा आइतबार दिउँसो मोटरसाइकल र जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइते हुनेमा मोहन्याल गाउपालिका २ का २३ वर्षिय मोटरसाइकल चालक प्रविन रोकामगर र सोही ठाउका मोटरसाइकलमा सवार लिलाराम बुढामगर रहेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको से ६ प ६२११ नं.को मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १ ञ १८९१ नं.को विद्युत कार्यालय अत्तरियाको जिप आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइते दुवै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको र ठक्कर दिने जिप र चालक ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal