आज :

बानेश्‍वरमा अखिल क्रान्तिकारीको मशाल जुलुसः कालापानी-लिपुलेक हाम्रो हो, ज्यान जाला छोड्‍दैनौं

काठमाडौँ । अखिल क्रान्तिकारीले भारतले कालापानी–लिपुलेकमा अतिक्रमण गरेको भन्दै विरोधमा मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुले कालापानी–लिपुलेकलाई आफ्नो भूमीमा पारेर भारतले तयार गरेको नक्सा भन्दै विरोध पदर्शन गरेका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला समिति र क्याम्पस जिल्ला समितिले भारतीय अतिक्रमणविरुद्ध संयुक्त रुपमा मशाल जुलुससहित विरोध पर्दशन गरेका छन् । काठमाडौँको नयाँबानेश्वरमा चोकमा मशाल जुलुसहित भारतविरुद्ध नाराबाजी गरेका थिए ।
वर्तमान सरकार भारतको अगाडि झुकेकै भन्दै विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । भारतीय अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार विहीबार देशैभर मशाल जुलुससहित विरोध पर्दशन गरिएको छ ।

आक्रोसित विद्यार्थीहरुले लिपुलेख, कालापानी–हाम्रो हो,मिचियको सीमा र असमान सुगौली सन्धी–खारेज गर, साम्राज्यवादी मोदि सरकार–मुर्दाबाद, सीमा मिच्दा नबोल्ने केपी सरकार–चाइदैन, अखिल (क्रान्तिकारी)– जिन्दाबाद, एकीकृत जनक्रान्ति–जिन्दाबादजस्ता नारा लगाएका थिए ।

विद्यार्थीहरुले बरु ज्यान दिन तयार तर नेपालीभूमीको पनि नछोड्ने भन्दै फेरि भारतविरुद्ध सुरुङ युद्धको आवश्यकता भएको समेत बताए ।

अखिल  क्रान्तिकारीले मशाल जुलुससहित नारा लगाइरहेको बेला स्थानीयले घर र सडक छेउबाटा ताली बजाएर एक्येबद्धता जनाइरहेका थिए ।

त्यसैगरी नेकपाले पनि भारतले नेपालीभूमी समेटेर नक्शा तयार गरेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका महासचिव विप्लवले विज्ञप्तिमार्फत विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

भिडियो

अखिल क्रान्तिकारीको मशाल जुलुसः कालापानी हाम्रो हो, छोड्दैनौं

Online Dabali यांनी वर पोस्ट केले गुरुवार, ७ नोव्हेंबर, २०१९

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal