Dabali News

कञ्चनपुरका ४ नगरपालिका पूर्ण खोप सुनिश्चितता

२२ असार

कञ्चनपुर । जिल्लाको ४ नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् ।

नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो ।

कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ ।

स्वास्थ्य अधिकृत तीर्थराज भट्टले भने, “वडा, नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएपछि मात्रै नगरपालिकालाई सुनिश्चितता घोषणा गरिन्छ ।” सबै नगरपालिका र गाउँपालिकाका बालबालिकाले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताए ।
खोप लगाउने उमेरका ९ हजार बढी बालबालिकाले पूर्ण खोपको मात्रा पाएका हुन् । खोपले रोगसँग लडने रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरालगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने हुन्छ ।

क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीसलगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ ।

बालबालिकाले खोपका सबै मात्रा पाएपछि जिल्लाका सबै प्राथमिक उपचार केन्द्र, स्वाथ्य चौकी, उपस्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका गाउँपालिका र नगरपालिकालाई ४ वर्षअघि पूर्ण खोपयुक्त घोषणा गरिएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]