Dabali News

मेक्सिकोमा कम्युनिस्ट नेता राष्ट्रपतिमा निर्वाचित

१८ असार

काठमाडौं । मेक्सिकोमा पहिलो पटक वामपन्थी पार्टीका उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई भारी मत पर्छादै वामपन्थी नेता आन्द्रे म्यानुएल लोपेज अब्रादोर विजययी भएका हुन् । उनले करिब ५३ प्रतिशत मत प्राप्त गरेका छन् । निकटत प्रतिस्पर्धीको रुपमा रहेका दक्षिणपन्थी नेता अनायले २२ दशमलब ८ प्रतिशत मत मात्रै प्राप्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित लोपेज अब्रादोर विश्व चर्चित शहर म्याक्सिको सिटीका मेयर समेत हुन् । उनी भ्रष्टाचार विरोधी नेताका रुपमा स्थापित छन् । आफैले अब देशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।

निर्वाचित भएपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, “हाम्रो देशमा दशकौँदेखि भ्रष्टाचारले शासन गरिरहेको छ । भ्रष्टाचार समाजको लागि हानिकारक छ । भ्रष्टाचारले समाजमा असमानता र अशान्ति मच्चाएको छ । अब त्यसको अन्त्य हुन्छ ।”

अमेरिकाको नाकैमा रहेको मेक्सिको कम्युनिस्ट नेताको विजयीलाई अमेरिकालाई झापडको रुपमा लिइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]