Dabali News

मोडलिङलाई मनोरञ्‍जनको थलो भन्दापनि कला-क्षमता देखाउने डबली बनाउनुपर्छः मोडल सुक्मित

काठमाडौँ । सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल सुक्मित घिसिङ भविष्यमा एक कुशल चर्चित  मोडल तथा नायीका बन्ने सोँच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छन् । अहिले त्यसैअनुरुप मेहनत समेत गरिरहेकी छन् । मोडलिङ  क्षेत्रलाई मनोरञ्‍जनको माध्यममात्रै नभएर क्षमता र कला देखाउने डबली बनाउनु पर्छ भन्ने मान्यता घिसिङको छ ।

‘मैले यो क्षेत्रलाई कला र क्षमता देखाउने माध्यम बनाउन चाहान्छु, असल कलाकार भएर देशको लागि केही योगदान गर्न चाहन्छु’ घिसिङले भनिन् । कलाकारिता क्षेत्रलाई कस्तो बनाउने भन्ने कलाकारको क्रियाकलाप र व्यवहारमा भर पर्ने धारणा उनको छ । चर्चित हुनलाई समाजमा नसुहाउने काम गर्न नहुने बताउँदै घिसिङले भनिन्, ‘यो क्षेत्रमा लाग्नेहरुले पैसा कमाउने र चर्चामा आउनको लागि भन्दापनि समाजमा केही योगदान गर्छु सोच्नु पर्छ  ।’

काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रा समेत गरिसकेकी छिन l विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी छन् । उनी नृत्य र अभिनयमा पोख्त छन् ।

नेपाली सांगीतिक बजारमा आउन लागेको गायक धुर्ब बिष्टको म्युजिक भिडियोबाट मोडलिङ क्षेत्र्मा प्रवेश गर्न लागेकी छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]